Nepal Life

मर्चेन्ट बैंकरको लाइसेन्स खुल्यो, १ अर्ब चुक्ता पुँजी पुर्याए आइपीओ जारी गर्न पाउने

NMB Bank
  • BFIS News
  • 2025 Feb 06 05:13
मर्चेन्ट बैंकरको लाइसेन्स खुल्यो, १ अर्ब चुक्ता पुँजी पुर्याए आइपीओ जारी गर्न पाउने
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर्सको लाइसेन्स खुला गरेको छ । बोर्डले ६ वर्षदेखि स्थगित रहेको लाइसेन्स खुला गरेको हो । धितोपत्र बोर्डले मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्काशन तथा बिक्री प्रवन्धक र शेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमति प्रदान गर्ने कार्य पुनः सुचारु गरेको हो । यस भन्दा अगाडी २०७५ साउन ७ गतेदेखि अनुमति प्रकृया बन्द गरिएको थियो । 

Shikhar
Nepal Life
NIMB

यस सँगै अव बीमा कम्पनीदेखि लिएर संस्थागत लगानीकर्ताका रुपमा स्थापना भएका कम्पनी, बैंक वित्तीय संस्था जसले मर्चेन्ट बैंकरको लाइसेन्स चाहिरहेका थिए उनिहरुले पनि आवेदन दिने बाटो खुला भएको छ । यस अवधिमा पुराना मर्चेन्ट बैंकर जो आफै सञ्चालन हुन सकिरहेका थिएनन् ति संस्थाहरुलाई बीमा कम्पनीहरुले खरिद गर्दै आइरहेका थिए । 

बोर्डले १ अर्ब चुक्ता पुँजी कायम रहेका मर्चेन्ट बैंकरले ३० प्रतिशत भन्दा कम नहुने गरी आइपीओ जारी गर्न पाउने व्यवस्था समेत गरेको छ । बोर्डले धितोपत्र व्यवसायी ( मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकरको लागि मात्र व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा निष्कासन गर्न सक्ने व्यवस्था समेत गरेको छ । बोर्डका अनुसार आइपीओ निष्कासनका लागि नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको हुनुपर्ने छ । कम्तीमा १ अर्ब चुक्ता पुँजी कायम रहेको भए ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ । यहि व्यवस्था नहुँदा केहि मर्चेन्ट बैंकर आइपिओ निष्काशन प्रकृयाँमा गएर पनि फिर्ता आउनु परेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया