NIMB Header 2
Nepal Life

युनिलिभर नेपालको मुनाफा १३.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १ हजार ३७ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Feb 07 08:54
युनिलिभर नेपालको मुनाफा १३.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १ हजार ३७ रुपैयाँ
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.०१ प्रतिशत बढेको छ भने कुल खर्च १.०९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया