Nepal Life

एस.के. इनर्जी डेभलपमेन्टले आइपिओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धक नियुक्त

National Life
  • BFIS News
  • 2025 Feb Mon 18:18
एस.के. इनर्जी डेभलपमेन्टले आइपिओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धक नियुक्त
RBB

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

NIMB

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/– दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,०००/– (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार