Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणलाई फागुन ११ गतेदेखि आइपिओ निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2025 Feb Wed 15:11
नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणलाई फागुन ११ गतेदेखि आइपिओ निष्काशन गर्ने
RBB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आगामी फागुन ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि शेयर बाँडफाँड गरे सँगै सर्वसाधारणका लागि जारी गर्ने भएको हो । 

NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । 

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

केयर रेटिङ नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । 

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार