Nepal Life

शिखर इन्स्योरेन्सले वीरगञ्ज पब्लिक कलेजमा सम्पन्न गर्यो जनचेतनामुलक कार्यक्रम, बीमाको बारेमा बुझाउन सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 13:02
शिखर इन्स्योरेन्सले वीरगञ्ज  पब्लिक कलेजमा सम्पन्न गर्यो जनचेतनामुलक कार्यक्रम, बीमाको बारेमा बुझाउन सफल
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले एक सय भन्दा धेरै विद्यार्थीहरुलाई बीमा क्षेत्रमा रहेका अवसर तथा चुनौती र महत्वका विषयमा छलफल तथा अन्तर्क्रिया सम्पन्न गरिएको हो ।

NIMB

स्नातक तहका विद्यार्थीहरुलाई बीमा बजारको वारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालमा बीमाको अवस्था कस्तो रहेको छ, जीवन बीमा र निर्जीवन बीमा भनेको के हो, के के भिन्नता छ भनेर जानकारी प्रदान गरिएको छ ।

उनिहरुलाई आफ्नो पढाइ सकिए पछि बीमा क्षेत्रमा के कस्तो अवसर रहेको छ भनेर जानकारी गराइएको थियो । विद्यार्थीहरुले पढाइ सकिने वित्तीकै बैंकमा मात्रै अवसर देख्ने गरेका छन् । धेरै विद्यार्थीहरुलाई बीमा कम्पनीमा पनि राम्रो राम्रो अवसर छ भन्ने कुराकै जानकारी नै हुँदैन । यसै सन्दर्भमा विद्यार्थीहरुलाई बीमा क्षेत्रमा पनि रोजगारीका लागि धेरै राम्रो अवसर रहेको भन्दै यसका लागि तयार अगाडी बढाउन प्रोत्साहित गरिएको प्रादेशिक कार्यालय प्रमुख गुप्ताले बताए ।

बीमा क्षेत्रमा अझै पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै उनले विद्यार्थीहरुलाई बीमा क्षेत्रको बारेमा पनि जानकारी लिन सुझाव दिएका छन् । अझै पनि निर्जीवन बीमाको बजार खालि रहेको हुँदा बजारमा दक्ष जनशक्तिको खाचो रहेको भन्दै उनले यस क्षेत्रमा आउन सुझाएका हुन् ।

आम मानिस तथा विद्यार्थीहरुमा बीमा भन्ने वित्तीकै जीवन बीमाको बुझाइ छ । यसले गर्दा आम मानिमा बीमा पोलिसीको बारेमा एकदमै कम ज्ञान रहेको गुप्ताले बताए । यसका लागि पनि नेपालमा निर्जीवन बीमा पोलिसीको बारेमा धेरै नै बुझाउनु पर्ने देखिएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रस्तुतकर्ताले शिखर इन्स्योरेन्स कम्पनीको बारेमा जानकारी गराएका थिए । शिखर इन्स्योरेन्स निर्जीवन बीमा व्यवसायको अग्रणी कम्पनी हो । यसले गत आर्थिक वर्षमा मात्रै ५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । शिखरले नेपालभर ११० वटा भन्दा धेरै शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आइरहेको छ । निर्जीवन बीमा कम्पनी मध्येकै सर्वाधिक धेरै कर्मचारी रहेको शिखरमा ६५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

प्रस्तुतकर्ताले शिखर इन्स्योरेन्स पोलिसीको बारेमा पनि राम्रो सँग बुझाएका थिए । प्रादेशिक कार्यालय प्रमुख गुप्ता सँगै वीरगञ्ज शाखा प्रमुख नितेश कुमार दास र क्याम्पस प्रमुख अरविन्द श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले यस्तो कार्यक्रममा समावेश हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनिहरुले बीमा क्षेत्रमा पनि ठुलो अवसर रहेको भन्दै रोजगारीका लागि बीमा क्षेत्रलाई पनि प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनिहरुले निर्जीवन बीमा पोलिसीको बारेमा धेरै ज्ञान भएको भन्दै यस्तो कार्यक्रमलाई अझै निरन्तरता दिनु पर्ने बताएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया