Nepal Life

चौधरी ग्रुप र अदानी ग्रुप वीच सिमेन्ट व्यवसायकालागि रणनीतिक साझेदारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 22:01
चौधरी ग्रुप र अदानी ग्रुप वीच सिमेन्ट व्यवसायकालागि रणनीतिक साझेदारी
Sanima Reliance

काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुप वीच दुई देश वीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीकालागि सहमति भएको छ । नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगती प्रतिको अटल समर्पणलाई दर्शाउँछ ।

NIMB

यस अवसरमाचौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरे । ‘यस रणनीतिक सहकार्यमार्फत हामीआर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने ।

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्य मान्यता र आकांक्षा प्रति बिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यकालागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानीग्रुपका चेयर पर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्व दिई भूमिका खेलेकोमा र अटल समर्थनकोलागि आभार व्यक्त गरे । हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा भएको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरेका छन् । अदानीग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ ।

चौधरी ग्रुपको बारेमा

चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमा बलियो उपस्थितिको साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहदै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया