Nepal Life

नेप्सेको सीइओ नियुक्तिको लागि सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन

National Life
  • BFIS News
  • 2025 Feb Sun 21:50
नेप्सेको सीइओ नियुक्तिको लागि सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन
RBB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि  तीन सदस्यीय समिति गठन भएको छ ।

NIMB

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेकाे समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।

दुई साता अगाडी नै नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको पदावधि समाप्त भएको थियो । उनि तीन वर्षको कार्यकाल सकाएर नेप्सेबाट बिदा भएका थिए । 

सम्भवत नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पनि साविक बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डकै आवेदकहरुले नै आवेदन दिने छन् । नेपाल सरकारले नियुक्त गर्ने भएकाले नेप्से पनि एउटा राम्रो भर्ती केन्द्र बन्दै आइरहेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया