निगमको उडान रियादबाट दमास सर्यो, करोडौको नोक्सानी
- BFIS News
- 2023 Sep Fri 05:57
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्नेछ ।
निगमका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु थिए भने फर्कँदा ११७ जना यात्रु आएका छन् । माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमको भनाइ छ । निगमको वेबसाइट तथा नजिकैको ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिनेछ ।
करोडौं घाटा व्यहोरेपछि निगमले साउदी अरबको राजधानी रियाद उडान बन्द गरेको हो । तामझामका साथ २०७९ वैशाख ९ गतेदेखि निगमले साउदीको राजधानीमा श्रमबजारलाई लक्षित गर्दै काठमाडौं–रियाद सिधा उडान थालेको थियो ।
प्रतिक्रिया