शेयर बजार बढ्दा सर्वाधिक कारोबार भएका १० कम्पनी, हिमालयन रिको ९६ करोड र नेपाल पुनर्बीमाको ७६ करोड
- BFIS News
- 2025 Feb Thu 17:11

काठमाडौं । साताको अन्तिम दिन आज विहीबार पनि नेप्से सूचक ४९.१५ अंकले सुधार भएको छ । कारोबार रकम पनि ११ अर्ब ३९ करोड नाघेको छ । नेप्से सूचक फागुन लागे सँगै १३७ अंकले सुधार भइसकेको छ । नेप्से सूचक ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी
👉️हिमालयन रिइन्स्योरेन्सः ९६ करोड ४७ लाख रुपैयाँ
👉️नेपाल पुनर्बीमा कम्पनीः ७६ करोड ४२ लाख रुपैयाँ
👉️एनआरएन इन्फ्रास्ट्रक्चरः ४६ करोड ७९ लाख रुपैयाँ
👉️सिंगटी हाइड्रोः २४ करोड २६ लाख रुपैयाँ
👉️कुमारी बैंकः २० करोड ३७ लाख रुपैयाँ
👉️सीईडीबी होल्डिङ्सः २० करोड ३३ लाख रुपैयाँ
👉️एचआईडीसीएलः १८ करोड ५२ लाख रुपैयाँ
👉️नारायणी डेभलपमेन्ट बैंकः १८ करोड ३८ लाख रुपैयाँ
👉️युनाइटेड इदी मर्दीः १७ करोड ५५ लाख रुपैयाँ
👉️सिन्धु विकास बैंकः १७ करोड ३ लाख रुपैयाँ
बजार गएको साउनमा तीन हजारसम्म पुगेर तल झरेको थियो । यस विचमा २४६४ अंकसम्म तल झर्यो ।
पुस र माघ महिना शेयर बजारका लागि खासै फलदायक बन्न नसके पनि फागुन लागे सँगै शेयर बजार लगातार बढिरहेको छ । यस क्रममा हाइ क्यापका कम्पनीको शेयर मूल्यमा बढि चार्मिङ देखिएको छ भने फाइनान्स जस्ता केहि कम्पनीहरुमा भने लगातार गिरावट आएको छ ।
विचको समयमा विकास बैंकमा राम्रै सुधार देखिए पनि टिक्न सकेन । अहिले तिनै लगानीकर्ता पुनर्बीमा कम्पनीहरुमा लागिरहेका छन् । लगानीकर्ताको हरेक ट्रेण्डमा कुनै निश्चित सेक्टरमा फोकर हुने प्रवृत्तीले कसैले कमाउदै गर्दा सोहि समयमा कसैले नराम्रो सँग गुमाइरहेका छन् ।
आज सबैभन्दा धेरै बाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । निकै तल्लो विन्दुमा रहेका बाणिज्य बैंकको शेयरमा प्रतिशतका हिसावले एकदमै राम्रो सुधार देखिएको छ । अहिले जीवन तथा निर्जीवन बीमा कम्पनीमा खासै आकर्षण देखिएको छैन । विशेषगरी अल्पकालिन लगानीकर्ताले समग्र बजार भन्दा पनि निश्चित स्क्रिप्टमा बढि खेलिरहेका छन् ।
बजार बढ्नुका कारणहरु
- यस बाहेक शेयर बजारलाई साथ दिने धेरै आधारहरु अहिले छन् । यस विचमा शेयर बजार निकै तल झर्यो । यो पनि बजारका लागि अवसर हो ।
- अर्को पक्ष बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहदै आएको छ । बढ्दो तरलता सँगै व्याजदर यस वर्षका लागि बढ्ने संकेत देखिदैन ।
- अहिले लगानीका लागि राम्रा अवसर छैनन् । घर जग्गाको कारोबारमा चरम मन्दी कायमै छ ।
- सर्वसाधारणमा निक्षेपको अनुपात बढ्दै गइरहेको छ । यसले पनि लगानीको क्षमता बढाउदै आइरहेको छ ।
- बजार बढ्दो ट्रेण्डमा देखिने वित्तीकै ठुला लगानीकर्ता प्रवेश गर्ने प्रवृत्ती पनि अहिले बजार बढ्नुको अर्को कारण हो । यो टाठा बाठाका लागि अवसर भए पनि सोझा साझाका लागि गुमाउने खतरा पनि हो ।
प्रतिक्रिया