सानिमा ग्रुपको लगानी रहेको अकामा होटेलले आईपीओ निष्कासन गर्ने, चैत ३ गते डाक्यो विशेष साधारण सभा
- BFIS News
- 2025 Feb Fri 19:26

काठमाडौं । अकामा होटेलले सर्वसाधारणसका लागि आइपिओ निष्काशन गर्ने भएको छ । होटलले आइपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।
फागुन १५ गते बसेको होटलको सञ्चालक समितिको बैठकले आइपिओ निष्काशनको प्रस्ताव सहित आगामी चैत ३ गते विशेष साधारणसभा आह्वान गरेको छ ।
साधारणसभा कम्पनीको रजिष्टार्ड कार्यालय धुम्बाराही काठमाडौंमा विहान साढे ११ बजे सुरु हुनेछ । सभाले कम्पनी ऐनको दफा ५६ को उपदफा एक ख बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्तावलाई पारित गर्नेछ । आइपिओ निष्काशन पछि चुक्ता पूँजी परिवर्तन हुने भएकाले सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आइपिओ निष्काशन लगायतका सम्पुर्ण प्रकृया अगाडी बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने भएको छ । काठमाडौं धुम्बाराहीमा रहेको यो होटल ५ तारे डिलक्स हो ।
सानिमा ग्रुपबाट सञ्चालित होटल अकामा सन् २०१९ फेब्रुअरीबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । सुरुमा चार तारे होटलको रुपमा सञ्चालित होटल २०८० मंसिर २९ गते मात्र पाँचतारे होटलमा स्तरउन्नती भएको थियो । थप म्यानेजमेन्टसहितको विश्वस्तरिय ब्राण्ड ‘रमदा वाई वाइनहेम’ को सहयोगमा होटलले व्यावसायिकमा रुपमा ख्याती कमाएको छ ।
९ रोपनी क्षेत्रफलमा फैलिएको होटल अकामा सुपेरीयर–९५, डिलक्स ६, डिलक्स स्विट ४, फेमिलि स्विट २, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठाहरु रहेका छन् । जसमा २०० बेड रहेका छन् ।
न्यूनतम २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु रहनुकासाथै होटलमा स्पेशल रेष्टुरेष्टसहित तिन वटा रेष्टुरेण्टहरु छन् ।
आउटडोर स्वमिङ्ग पुन, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा होटलमा उपलब्ध छन् । होटलमा हाल १३० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
होटसमा दुई तले बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ। त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर दरबार स्क्वायर स्वयम्भूनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरुको मध्यभागमा रहेको यो होटल रिङ रोडको मध्य भागमा अवस्थित छ । होटलको कुल लगात करिब २ अर्ब ५ करोड रहेको छ ।
प्रतिक्रिया