Nepal Life

ब्रोकर कार्यालयमा भिडभाड, तिव उतारचढावमा नाफा बुक सँगै लगानी थप्ने रणनीति, दुई पुनर्बीमाले हौस्यायो

National Life
  • BFIS News
  • 2025 Mar Tue 15:07
ब्रोकर कार्यालयमा भिडभाड, तिव उतारचढावमा नाफा बुक सँगै लगानी थप्ने रणनीति, दुई पुनर्बीमाले हौस्यायो
RBB

काठमाडौं । बजारमा बढ्न थाले सँगै ब्रोकर कार्यालयमा लगानीकर्ताको भिडभाड बढ्न थालेको छ । अनलाइन प्रणालीबाट कारोबार गर्न मिल्ने भए पनि लगानीकर्ताहरु मोबाइल ल्यापटप लिएरै सूचनाका लागि ब्रोकर कार्यालय धाउन थालेका हुन् ।

NIMB

ब्रोकर कार्यालय सूचनाका लागि सबैभन्दा राम्रो प्ल्याटफर्म मानिन्छ । कुन स्क्रिप्टमा कसले खलिरहेको छ । कुन ब्रोकरबाट कुन स्क्रिप्ट चलिरहेको छ भन्ने बुझ्न पनि लगानीकर्ता ब्रोकर कार्यालय आउने गरेको एक ब्रोकरले बताए । दिउसो अफिस नहुने मानिसहरु घरमा बस्नु भन्दा ब्रोकर कार्यालयमै जान रुचाउने गरेका हुन् ।

मंगलबार नेप्से सूचक ३०.३६ अंकले घटेको छ । कारोबार रकम १२ अर्ब ९४ करोडको हुँदा हिमालयन रिको मात्रै एक अर्ब ९ करोडको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई न्युनतम चुक्ता पूँजी १० अर्ब पुर्याउन निर्देशन दिए सँगै दोस्रो बजारमा शेयर मूल्य बढेको हो । पुनर्बीमा कम्पनीले न्युनतम २० अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था छ । यसका लागि दुबैले बोनस शेयर र हकप्रद शेयर जारी गर्नु पर्ने हुन्छ । यसमा साना भन्दा पनि ठुला लगानीकर्ताले राम्रै खेलिरहेका छन् ।

साताको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको थियो ।

आज ४८ वटा कम्पनीको शेयर मूल्य बृद्धि हुँदा १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आइतबार उच्च अंकले बजार बढ्दा बाणिज्य बैंकहरुको शेयर मूल्यमा पनि राम्रै सुधार भयो । जव जव बाणिज्य बैंकमा सुधार आउछ तव तव शेयर बजारमा करेक्सन आउने गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया