कर्जा आवश्यक परे हामी छौं है भन्ने सिद्धार्थ बैंक पाउँदा हौसला मिलेको छ, लक्ष्मण न्यौपानेको बैंकिङ अनुभव
- BFIS News
- 2025 Mar Thu 05:13

काठमाडौं । आफ्नै ठाउँ पनौती–११, बल्थली, काभ्रेमा पहिल्यैदेखि केही गरौँ भन्ने सपना थियो । काठमाडौंको व्यस्त जीवनशैलीमा लामो समय बित्यो, तर मनले जहिले पनि आफ्नो गाउँ सम्झिरहन्थ्यो । घर फर्केर केही नयाँ गर्ने सोच दिमागमा खेलिरहन्थ्यो । अन्ततः घर फर्किने निर्णय भयो । तर, के गर्ने त ? धेरै सोचविचारपछि पर्यटन क्षेत्रमै केही गरौँ भन्ने निष्कर्षमा उनी पुगे ।
घरपरिवारका सदस्यभित्रैबाट मिलेर थुम्की रिसोर्ट सञ्चालनमा ल्याए । ‘सुरुबाटै हाम्रो उद्देश्य केवल पैसा मात्र कमाउने रहँदै रहेन । यहाँको परिवेश, समाज र स्थानीयलाई पनि कसरी लाभ पुर्याउन सकिन्छ भनेर सोच्यौँ,’ उनले भने । अहिले थुम्की रसोर्ट एउटा राम्रो व्यवसायको रूपमा सञ्चालन भइरहेको छ । कम्तीमा कोही पुगेपछि त्यहाँ नअडिने र नरम्ने कमै हुने उनको दाबी छ । उनका अनुसार रिसोर्टमा एकपटक पुगेपछि मान्छे पटकपटक आउँछन् ।
अप्ठ्यारो बाटो भए पनि मान्छे दोहोरिएर आएका पर्याप्त रेकर्ड छन् । सुरुवातको ६ महिनाको बीचमा एक जना ग्राहक त छपटकसम्म आएको रेकर्ड छ, जसलाई उनी आफ्नो व्यावसायिक सम्पत्ति ठान्छन् । उनी ग्राहकको माया नै आफ्नो ठूलो कमाइ हो भन्ने ठान्छन्, जसले अझै राम्रो गर्न प्रेरित गरेको छ ।
अर्कोतर्फ, पछिल्लो समय विदेशी पाहुनाहरूको इन्क्वाइरीसमेत बढ्न थालेको छ । ‘कति समय त यस्तो छ, आउन खोज्नेलाई नाइँ भन्नुपरेको अवस्था छ । आउन खोज्नुहुन्छ, तर प्याक भएकाले समय सार्न भन्नुपर्ने अवस्था छ,’ उनले सुनाए ।
उनी थप्छन्, ‘व्यवसाय सुरुवात गर्दा पहिलो १ वा २ वर्षसम्म पिकअप लिन गाह्रै हुन्छ । त्यसमाथि होटल लाइन आफैँमा ग्राहकलाई सुस्तरी बानी पारेर ल्याउने खालको व्यवसाय पर्छ । विकास र विस्तार गर्न समय लाग्छ । खानासँग जोडिएको व्यवसाय हो यो । त्यसैले यसमा धेरै संवेदनशील हुनु जरुरी हुन्छ । जुन हामी गरिरहेका छौँ ।’ यसरी व्यवसाय गर्ने प्रक्रियामा आर्थिक कर्जाको पनि आवश्यक पर्छ । सबै आफ्नै पैसाले मात्र व्यवसाय गर्छु भन्न सम्भव हुँदैन ।
त्यसैले सुरुवातमा उनलाई पनि पैसा आवश्यक पर्यो । त्यतिबेला सिद्धार्थ बैंकले वित्तीय सहयोग गरेको र त्यसैको जगमा रहेर आफूले व्यवसाय खडा गरेको उनी बताउँछन् । ‘यो बैंकसँग मेरो धेरै पुरानो सम्बन्ध छ । सेवा मन परेर र विश्वास लागेर नै मैले सिद्धार्थ बैंकसँग कारोबार गरेको हुँ,’ उनले भने ।
उनका अनुसार सुरुमा व्यावसायिक योजना सिद्धार्थ बैंकलाई सुनाएपछि सो बैंकले अन्त जान पर्दैन, यहीँ (सिद्धार्थ बैंक)बाट सबै फाइनान्सको व्यवस्था हुन्छ भनेर भन्यो । यसरी आफ्ना सेवाग्राहीलाई सम्झाउने र आर्थिक सहयोग गर्ने बताएपछि उनलाई पनि सहज भयो । पुरानो सम्बन्ध र विश्वासले नै यो अवस्था ल्याएको थियो । सेवाग्राहीलाई गर्ने सिद्धार्थ बैंकको व्यवहारले पनि यहीसँग जोडिएर काम गर्न मन पर्यो ।
यसरी एउटा बैंकसँगको सुमधुर सम्बन्धले अहिले अन्य कारोबार पनि यहीँबाट गर्न थालेको उनले सुनाए । त्यसपछि पनि विभिन्न कर्जा सिद्धार्थ बैंकबाटै उनले लिएका छन् । कर्जा आवश्यक परे हामी छौँ है भन्ने बैंक पाउँदा हौसला मिलेको उनले सुनाए ।
यसलाई थप विस्तार गर्ने योजना हाम्रो छ । हाम्रोचाहिँ अरुको तुलनामा राम्रो भइरहेको छ । व्यवसाय सुरु गरेको पहिलो महिनामै हामी ब्रेकइभनमा थियौँ । अहिले रिसोर्ट मज्जाले सस्टेन भएको छ,’ उनले भने, ‘राम्रो व्यवसायमा हात हालेछु भन्ने लागेको छ । त्यसैले म अरुलाई पनि हामी युवापुस्ताले देशमै रहेर व्यवसाय गर्न अनुरोध गर्छु ।’
सिद्धार्थ बैंकका ग्राहकहरुको सफलताका कथाहरु
प्रतिक्रिया