Nepal Life

स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा , एफपिओ पर्नेले पनि लाभांश पाउने

National Life
  • BFIS News
  • 2025 Mar Thu 11:01
स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा , एफपिओ पर्नेले पनि लाभांश पाउने
RBB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो ।

 

NIMB

यता, हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगावै सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ । एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने भएकाले प्रस्तावित लाभांशदर पनि समाजोजन गरी १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद कायम हुने कम्पनीको भनाई छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया