Nepal Life

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त, तीन दशकको बैंकिङ अनुभव

National Life
  • BFIS News
  • 2025 Mar Sat 07:09
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त, तीन दशकको बैंकिङ अनुभव
RBB

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले घिमिरेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।  

NIMB

बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव हासिल गरिसकेका घिमिरेलाई बैंकले दुई वर्ष अगाडी नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो । एनएमबी बैंले यस पटक पनि आफैले प्रमुख कार्यकारी अधिकृत तयार पारेको हो । 

यस भन्दा अगाडीका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी पनि एनएमबी बैंककै सक्सेसर हुन् । उनले दुई कार्यकाल पुरा गरेर बैंकबाट विदा भएका छन् । केसी भन्दा अगाडी उपेन्द्र पौडेलले १७ वर्ष बैंकको बागडोर सम्हालेका थिए । केसी २०७३ चैत एक गते बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । 

विग मर्जरको बाढीमा बैंकलाई जोगाउन सक्नु नै केसीको ठुलो सफलता देखिएको छ । मर्जर पछि निकै पछुताइरहेका अन्य बैंकहरुलाई हेर्दा केसीको नेतृत्वदायी भुमिका परिपक्व देखिएको छ । यद्यपी कोभिड महामारी पछिको आर्थिक मन्दीमा भने बैंकले खराव कर्जाको भने सामना गर्नु पर्यो । केसीको कार्यकाल यहि फागुन मसान्तसम्ममा सकिदैछ । केसीको दोस्रो नियुक्ति २०७७ चैत एक गतेदेखि लागु भएको थियो । बैंक नेतृत्वले समयमै प्रमुख कार्यकारी अधिकृत चयन गर्दै बैंकलाई अगाडी बढाउन सफल देखिएको छ । 

 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया