Nepal Life

नेपाल माइक्रोको आइपिओ पर्ने लगानीकर्ता मालामाल, गार्डियनकै मूल्य पाउदा पनि १६ हजार भन्दा धेरै कमाउने

National Life
  • BFIS News
  • 2025 Mar Sat 22:01
नेपाल माइक्रोको आइपिओ पर्ने लगानीकर्ता मालामाल, गार्डियनकै मूल्य पाउदा पनि १६ हजार भन्दा धेरै कमाउने
RBB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले शुक्रवार आइपिओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर वैदेशिक रोजगार तर्फ २२ हजार ५०० जनाले र सर्वसाधारण लगानीकर्ता तर्फ एक लाख ८४ हजार ५०० जनाले लक्कीड्रबाट १० कित्ता शेयर प्राप्त गरेका छन् । 

NIMB

कम्पनीको शेयर अवको केहि समयमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ । अहिले बाँडफाँड भएको शेयर मध्ये कर्मचारी र म्युचुअल फण्डहरुले बिक्री गर्न पाउने छैनन् । तर वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणले भने शेयर बिक्री गर्न सक्ने छन् । 

यस भन्दा अगाडी यहि प्रकृतिको गार्डियन माइक्रो लाइफको शेयर आइपिओ निष्काशन भएर दोस्रो बजारमा कारोबार भइरहेको छ । कम्पनीको शेयर कारोबार सुरु भएको दिनदेखि लगातार सर्किट लाग्दै आइरहेको छ । यस क्रममा गार्डियनको शेयर मूल्य १६७२.२० रुपैयाँ पुगिसकेको छ । यस हिसावले गार्डियनका शेयरधनीले १००० रुपैयाँ लगानी गरेर १६ हजार ७२२ रुपैयाँ आम्दानी गरेका छन् । यस अवधिमा बिक्री नगरी बस्नेहरुले यो तहको मुनाफा आर्जन गर्ने छन् । यहि हिसावले नेपाल माइक्रोको पनि बढ्ने हो भने शेयर धनीहरुले यहि तहको आम्दानी गर्नेछन् । 

यस अगाडीको गार्डियन जीवन लघु बीमा कम्पनी हो । तर नेपाल माइक्रो निर्जीवन लघु बीमा कम्पनी हो । दोस्रो बजारमै हेर्ने हो भने जीवन भन्दा निर्जीवन बीमा कम्पनीको शेयर मूल्य तुलनात्मक रुपमा बढि हुने गर्छ । यसको मूख्य कारण जीवन भन्दा निर्जीवनको लाभांश दिन सक्ने क्षमता बढि हुन्छ । यस हिसावले नेपाल माइक्रोको शेयर मूल्य गार्डियनको भन्दा पनि केहि माथि जान सक्ने विश्लेषकहरु बताउछन् । 

लगानीकर्ताले लघु बीमा कम्पनीहरुलाई माइक्रो फाइनान्स सँग तुलना गरिरहेका छन् । यस हिसावले अहिले विद्यमान माइक्रोफाइनान्स जसको शेयर पूँजी ७० करोड भन्दा माथि छ उनिहरुको शेयर मूल्य एक हजारकै हाराहारी छ । तर गार्डियनको शेयर मूल्य यहि रेन्जको पूँजी भएका माइक्रोफाइनान्सको  भन्दा पनि माथि गइसकेको छ । नेपाल माइक्रोको शेयर मूल्य गार्डियनको शेयर मूल्य कतिसम्म पुगेर घट्छ त्यहि अनुपातमा नेपाल माइक्रोले शेयर मूल्य प्राप्त गर्नेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया