Nepal Life

सिटिजन लाइफ र नेष्डोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Mar Tue 10:22
सिटिजन लाइफ र नेष्डोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
RBB

काठमाडौं । आज फागुन २७ गते मंगलबार नेप्सेमा सूचीकृत २ कम्पनीको लाशांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

NIMB

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२  प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

नेष्डो लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया