स्वरोजगार लघुवित्तको एफपिओ पाउनेले सुरुमै ९ हजार ८१० कमाउने, तपाईलाई पर्यो शेयर यसरी हेर्नुहोस नतिजा
- BFIS News
- 2025 Mar Fri 15:06
.png)
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ पाउने शेयरधनीले सुरुमै ९ हजार ८१० कमाएका छन् । यद्यपी संस्थाको शेयर मूल्य दोस्रो बजारमा सूचिकृत भएर आउने समयसम्ममा यो भन्दा पनि बढ्न सक्छ । दोस्रो बजारमा पछिल्लो कारोबार मूल्य ९८१ रुपैयाँ रहेको छ । विगत एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य १२५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
स्वरोजगार लघुवित्तको एफपीओ आज शुक्रबार (चैत १ गते) बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यसमा १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका १७ लाख ७७ हजार ७९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।को आवेदन सदर भएको थियो । कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
आवेदकहरुले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र स्वरोजगार लघुवित्तको वेबसाइटबाट हेर्न सकिन्छ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर एकाउन्टबाट पनि नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रिया