नेप्सेको सीइओको लागि ५ जनाको नाम ‘सर्टलिस्ट’
- BFIS News
- 2025 Mar Sun 07:19

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ । ‘सर्टलिस्ट’ मा पर्नेमा चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए । उनीहरुबाट नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन परेको थियो । आवेदन दिनेमा नेप्सेबाट हालै बिदा भएका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडीएस एण्ड क्लियरीङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य लगायत छन् । यस्तै नुवाकोटका बद्रि प्रसाद प्याकुरेल, सलार्हीका नारद कुमार लुइटेल, झापाका युवराज दहालले पनि आवेदन दिएका थिए ।
यस्तै काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, झापाका चुडामणि चापागाई, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका हेमन्त बस्याल र डडेलधुराका मुकुन्दराज जोशीले आवेदन दिएका हुन् । आवेदन दिने हेमन्त बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा नेप्सेको सीईओमा नियुक्त भएका कार्कीले ४ वर्षे नियुक्तिपत्र पाउनुपर्नेमा ३ वर्षको मात्रै नियुक्तिपत्र बुझेपछि कार्की गत माघबाट नै नेप्सेबाट बिदा भएका थिए । कार्की बिदा भएपछि रिक्त रहेको नेप्सेको सीईओ नियुक्तिका लागि अर्थमन्त्रालयले सहसचिवको नेतृत्वमा छनोट समिति बनाएको थियो ।
प्रतिक्रिया