Nepal Life

चुनौतीपुर्ण आर्थिक अवस्थाको बाबजुद नेपाल लाइफले प्रशंसनीय उपलब्धी हासिल गर्यो : सिइओ पराजुली

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 18:56
चुनौतीपुर्ण आर्थिक अवस्थाको बाबजुद नेपाल लाइफले प्रशंसनीय उपलब्धी हासिल गर्यो : सिइओ पराजुली
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले चुनौतीपुर्ण आर्थिक अवस्थाको बाबजुद पनि गएको आर्थिक वर्षमा कम्पनीले उल्लेखनीय उपलब्धी हासिल गरेको भन्दै सन्देश प्रवाह गरेका छन् ।

NIMB

कम्पनीले यो उपलब्धी हासिल गर्नका लागि साथ सहयोग पुर्याउने सबै प्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भने ‘म तपाईंको अटुट समर्पणको लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’ कम्पनीले गएको आर्थिक वर्षमा सफल प्रदर्शन गरेको भन्दै सबैलाई बधाई दिएका हुन् ।

कम्पनीले समग्र जीवन बीमा क्षेत्रमै सर्वाधिक धेरै व्यवसाय गरेको उनले दाबी गरेका छन् । नेपाल लाइफले यो सफलता हासिल गर्नुमा नवितनम कार्य, डिजिटलाइजेशन, परिष्कृत ग्राहक सेवा र रणनीतिक लगानीमा ध्यान केन्द्रित गर्दा यो सफलता हासिल गरेको सिइओ पराजुलीले जानकारी दिए ।

कम्पनीले भविष्यमा थप प्रभावकारी योजनाहरु बनाएको छ । जसमा बजार विस्तार, बीमा साक्षरता कार्यक्रमहरु, नयाँ बीमा योजना तथा पोलिसीहरु र लगानीमा विविधिकरणको योजना रहेका छन् । कम्पनीले समग्र बीमा क्षेत्रमै आफुलाई अग्रणी संस्थाको रुपमा उभ्याएको हुँदा भविष्यमा पनि अग्रणी संस्थाको रुपमा नेतृत्व गर्ने सिइओ पराजुलीले प्रतिवद्धता व्यक्त गरेका छन् । कम्पनीले जुन किसिमको लिगेसी बनाएको छ त्यसलाई निरन्तरता दिने अहोरात्र लागि पर्ने समेत जनाएका छन् । कम्पनीलाई उत्कृष्ट बनाउने अभियालाई जारी राखिएको उनले जानकारी दिए ।

नेपाल लाइफले विगत एक दशक भन्दा लामो समयदेखि आफुलाई अग्रणी संस्थाको रुपमा उभ्याउन सफल भएको छ । बीमा शुल्क आर्जन, जीवन बीमा पोलिसी, जीवन बीमा कोष, चुक्ता पूँजी, दाबी भुक्तानी, लगानी, प्रतिफल लगायतका सबै सूचकमा अग्रणी रहेको छ । यस सँग सँगै बीमितको इच्छा अनुसार सरेण्डरको सुविधा पनि प्रदान गर्दै आइरहेको छ । कम्पनीमा ११ लाख ५ हजार भन्दा धेरै पोलिसी सक्रिय रहेको छ । आर्थिक मन्दी तथा बीमितको बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमता क्षय हुँदा सरेण्डको संख्यामा बृद्धि भए पनि कम्पनीमा सक्रिय बीमा पोलिसीको अनुपातमा धेरै न्युन रहेको छ । 

कम्पनीले बीमितलाई बीमालेख धितोमा राखेर मात्रै ३० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसले बीमितको आर्थिक समस्यालाई समेत निराकण गरेको छ । समग्र जीवन बीमा उद्योगमा २५ प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको नेपाल लाइफले लिएका हरेक कदमले अन्य कम्पनीहरुलाई मार्गप्रदर्शन गर्ने गरेको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया