NIMB Header 2
Nepal Life

शेयर बजार प्रति कठोर गभर्नर विदामा बस्दा पनि बढ्न सकेन नेप्से, राजाको मुद्दाले प्राथमिकता पाउदा बजारमा पर्यो असर

Muktinath Bank
  • BFIS News
  • 2025 Mar 18 15:19
शेयर बजार प्रति कठोर गभर्नर विदामा बस्दा पनि बढ्न सकेन नेप्से, राजाको मुद्दाले प्राथमिकता पाउदा बजारमा पर्यो असर
National Life

काठमाडौं । शेयर बजार प्रति कठोर नीति लिने गभर्नरका रुपमा चिनिएका महाप्रसाद अधिकारी अवकास अगाडीको विदामा बस्दा पनि नेप्से सूचक भने बढ्न सकेन । एकथरी लगानीकर्ता गभर्नर अधिकारी हटे पछि मात्रै शेयर बजार बढ्ने भन्दै आएका थिए । जवकी आजै नेप्से सूचक ७.६६ अंकले घटेको छ । अघिल्लो साता शेयर बजारमा राम्रो सुधार देखिएकोमा विगत एक सातादेखि लगातार घटिरहेको छ ।

NIMB

पछिल्लो एक महिनाको अवधिमा नेप्से सूचक २६ सयको लाइनबाट २८९० अंकसम्म पुगेर तल झर्यो । यस अवधिमा गभर्नर अधिकारीकै बहिर्गमनलाई जोडेर बजार बढेको संज्ञा दिइएको थियो । आज मंगलबार पनि नेप्से सूचक ७.६६ अंकले घटेर २६९७ अंकमा बन्द भएको छ । आज कारोबार रकम पनि ४ अर्ब ३४ करोडमा सिमित भएको छ । पछिल्लो एक महिनामा एकै दिनमा १४ अर्बसम्मको कारोबार हुन थालिसकेको थियो ।

सबै सूचकहरु राम्रो हुँदा हुँदै पनि पुर्व राजा ज्ञानेन्द्रको सक्रियताले नेपाली राजनीतिलाई नराम्रो सँग झस्काइदिएको छ । कतै राजा आउने त होइनन् भन्ने खालका हल्ला चलिरहेको छ । उनका कदमले फेरि पनि राजनीतिक क्षेत्रमा ठुलै उथलपुथल पो हुने हो कि भनेर पनि लगानीकर्ता झस्किएका छन् ।  

पुर्व राजाको सन्दर्भले गभर्नरको विषय ओझेलमा परेको छ । जवकी गभर्नर अधिकारीको बहिर्गमन नै बजार सुधारको पहिलो आधार बन्ने चर्चा गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजारप्रति कठोर नीति अपनाउने गभर्नरका रूपमा चिनिन्छ ।

उनको कार्यकालमा लिएको नीतिहरूले विशेष गरी पुँजी बजारमा ठूलो प्रभाव पारेका छन् । कतिपय नीति लगानीकर्ताका पक्षमा नरहेको ठानिन्छ भने कतिपय नीति भने वित्तीय स्थायित्व कायम गर्न आवश्यक ठानिएको छ।

गभर्नर अधिकारीले लिएका नीतिहरु र शेयर बजारमा परेको प्रभाव

कर्जा-निक्षेप अनुपात (CD Ratio) को कडाइ

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा-निक्षेप अनुपातलाई ९० प्रतिशतको सीमाभित्र राख्न कडाइ गरेका थिए । यसले बैंकहरूसँग लगानीयोग्य रकम सीमित बनायो र शेयर धितो कर्जामा समेत प्रभाव पार्‍यो । यसबाट शेयर बजारमा तरलताको अभाव देखियो र बजार घट्ने क्रम बढ्यो। यद्यपी अहिलेको सहज तरलताको अवस्थाले गर्दा यो मुद्दा ओझेलमा परेको छ ।

मार्जिन लोनमा कडाइ

उनको कार्यकालमा राष्ट्र बैंकले मार्जिन लोन (शेयर धितो कर्जा) मा कठाइ गर्यो । बजारले सर्वाधिक उचाइको रेकर्ड बनाइरहदा उनले शेयर धितो कर्जामा ४/१२ करोडको सिमा लगाइदिए । यसले गर्दा बैंकहरूले लगानीकर्तालाई दिने धितो कर्जा रकममा ठूलो दबाब पर्यो। लगानीकर्ताहरूले थप कर्जा नपाउँदा उनीहरूले शेयर विक्री गर्न बाध्य भए, जसले बजार ओरालो लाग्न थाल्यो।

ब्याजदर वृद्धिको प्रभाव

गभर्नर अधिकारीको कार्यकालमा राष्ट्र बैंकले चालेका कतिपय कदमले व्याजदर बृद्धि गर्न तथा नघटाउन टेवा पुर्यायो । यसले बैंकिङ प्रणालीमा कर्जाको लागत बढायो, जसको असर शेयर बजारमा प्रत्यक्षरूपमा देखियो। उच्च ब्याजदरका कारण लगानीकर्ताहरूले शेयर बजारबाट पैसा झिकेर बैंकमा राख्न थाले, जसले शेयर बजारमा नकारात्मक प्रभाव पार्‍यो।

विदेशी मुद्रा सञ्चिति तथा पूँजी निष्कासनमा कडाइ

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति सन्तुलन गर्नका लागि पूँजी बाहिरिने प्रक्रियामा कडाइ गर्‍यो। यसबाट विदेशी तथा संस्थागत लगानी भित्रिन सकेन । जसले शेयर बजारमा दीर्घकालीन लगानीमा असर पुर्‍यायो।

क्रिप्टोकरेन्सी प्रतिबन्ध र डिजिटल कारोबारमाथि निगरानी

गभर्नर अधिकारीले क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गर्दै यसको कारोबारमा प्रतिबन्ध लगाए। साथै, डिजिटल भुक्तानी प्रणाली तथा अनलाइन कारोबारमाथि नियमन बढाउँदा शेयर बजारमा पनि अप्रत्यक्ष रुपमा प्रभाव परेको विश्लेषकहरु बताउछन् ।

गभर्नर महाप्रसाद अधिकारीको नीतिहरू बैंकिङ तथा वित्तीय प्रणालीलाई सुदृढ पार्न केन्द्रित देखिए पनि ती नीतिहरूको प्रत्यक्ष असर शेयर बजारमा पर्यो । तरलता अभाव, उच्च ब्याजदर, मार्जिन लोन सीमितता तथा विदेशी लगानी आकर्षणमा समस्या आउँदा शेयर बजारमा नकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउछन् । लगानीकर्ताहरूले स्थायित्व खोजिरहेका बेला सरकारले यस्ता नीतिहरूको दीर्घकालीन असरको विश्लेषण गरी सुधार ल्याउनु आवश्यक देखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया