Nepal Life

लगानीकर्ताको कन्फिडेन्स अझै बढ्न सकेन, अन्तिम ३० मिनेटमा अर्ब माथिको कारोबार, सक्रिय लगानीकर्ताले शेयर उठाउदै

National Life
  • BFIS News
  • 2025 Mar Thu 15:07
लगानीकर्ताको कन्फिडेन्स अझै बढ्न सकेन, अन्तिम ३० मिनेटमा अर्ब माथिको कारोबार, सक्रिय लगानीकर्ताले शेयर उठाउदै
RBB

काठमाडौं । लगानीकर्ताको कन्फिडेन्स बढ्न नसक्दा साताको अन्तिम दिन बिहीबार पनि नेप्से सूचक १३.४१ अंकले घटेको छ । राजावादीहरुको सक्रियता बढे सँगै त्रसिद शेयर बजार सबै सूचकहरु आफ्नो पक्षमा हुँदा पनि सुधार हुन सकेको छैन । राजावादीहरुले यहि चैत १५ गते आमसभा गर्दै छन् । यसले गर्दा लगानीकर्ताहरु चैत १५ गतेसम्म पर्ख र हेरको अवस्थामा देखिएका हुन् । 

NIMB

राजावादीहरुको सक्रियता नबढेको भए यो समय शेयर बजारमा २/३ सय अंकको सुधार भइसक्स्थ्यो । जसले गर्दा चैत अन्तिम सातासम्म शेयर बजारमा दवाव पर्न सक्ने विश्लेषकहरु बताउछन् । चैत १५ गतेसम्म यहि राजनीतिक घटनाले असर गर्ने र त्यस पछिको एक साता चैतमसान्तको क्लोजिङको प्रेसर पर्न सक्ने भएकाले चैत अन्तिम सातासम्म लगानीकर्ताहरु संयमित हुने देखिन्छ । यसले गर्दा दोस्रो बजारमा कारोबार रकम पनि ३/४ अर्बमै सिमित भइरहेको छ । 

राजनीतिक रुपमा केहि परिवर्तन भइहाल्ने पो हो कि भन्ने डरले पनि बजार चल्न सकिरहेको छैन । यद्यपी बजारलाई सपोर्ट गर्ने सबैभन्दा बलियो आधार व्याजदर र बैंकिङ तरलता सकारात्मक छ । बैंक व्याजदर ७ वर्ष यताकै कम विन्दुमा छ । तरलता पनि प्रयाप्त छ । यसले गर्दा जुन विन्दुबाट बजार माथि उठ्छ त्यसपछि बजारले ३२ सय अंकलाई छिचोलेर जान केहि समय पनि नलाग्ने विश्लेषकहरु बताउछन् । 

बिहीबार लगानीकर्ताले नेप्से सूचकमा केहि सुधार हुने अपेक्षा गरेका थिए । यसले गर्दा कारोबार रकम पनि बढ्न पुगेको छ । आज नेप्से सूचक १३.४१ अंकले घटेको छ भने कारोबार रकम ४ अर्ब ५१ करोड नाघेको छ । कारोबारको अन्तिम ३० मिनेटमै एक अर्ब भन्दा माथिको कारोबार भएको छ । यस अवधिमा बजारलाई बुझेका र नियमित कारोबार गर्नेले शेयर खरिद गरेका छन् । उनिहरुले घट्दो बजारबाट क्रमिक रुपमा शेयर खरिद गरिरहेका छन् । 

नेप्से सूचक घट्दा १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६२ वटाको मूल्य बढेको छ । जीवन बीमाको सूचक बाहेक सबै सूचक तल झरेका छन् । नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक धेरै कारोबार भएको छ । बजारमा पछिल्लो समय दुई पुनर्बीमा कम्पनीमा सबैभन्दा धेरै आकर्षण देखिन्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया