कुलमानको बर्खास्ती र राजावादीहरुको प्रदर्शनको चपेटामा शेयर बजार, सिजनमै लगातार गिरावट आउदा बजार ड्रिपेस
- BFIS News
- 2025 Mar Tue 15:11

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाए सँगै यसको असर शेयर बजारमा परेको छ । राजवादीहरुको बढ्दो सक्रियता सँगै आगामी चैत १५ गते गर्ने भनिएको प्रदर्शनले अहिले राजनीतिब बृत्त नै तरङ्गित बनेको छ । यहि अस्थिरतामा भने शेयर बजार लगातार घटिरहेको छ ।
मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.८३ अंकमा झरेको छ । यस सँगै लगानीकर्ता पनि आत्तीएका छन् । सोमबार बजारमा केहि सुधार देखिएकोमा आजभने ठुलै अंकले घट्यो । कारोबार रकम भने ५ अर्ब १८ करोड रुपैयाँको भएको छ । आज आत्तीएर शेयर बिक्री गर्ने लगानीकर्ताको शेयर सक्दो घटाएर बाठा लगानीकर्ताले खरिद गरेका छन् ।
आज ४ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने २४० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक धेरै कारोबार भएको छ ।
दुई कारण बाहेक अहिले शेयर बजारका लागि सबैभन्दा उत्तम समय हो । बैंकको व्याजदर ७ वर्ष यताकै तल्लो विन्दुमा छ । बैंकहरु सँग प्रयाप्त तरलता छ । सरकारले आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी सुरु गरिसकेको छ । बजेटले पनि शेयर बजारलाई केहि हदसम्म उत्साहित बनाउने छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यहि चैत २२ गतेबाट विदा हुँदैछन् । सरकारले नयाँ गभर्नरको प्रक्रिया सुरु गरिसकेको छ । यस पटक नेपाली कांग्रेस निकट गभर्नर आउने चर्चाले पनि आगामी दिनमा बजारलाई केहि हदसम्म उत्साहित बनाउने निश्चित छ । बजार बढ्दो ट्रेण्डमा रहेकाले जुनसुकै समयमा बजारले उकालो यात्रा तय गर्न सक्ने सम्भावना छ । यद्यपी समय समयमा आउने राजनीतिक उताचढाले शेयर बजारलाई भने प्रभावित पारिरहेको छ ।
बाणिज्य बैंकहरुको व्याजदर ७ वर्ष
प्रतिक्रिया