Nepal Life

ब्रोकरहरुको मर्जर निर्देशिका जारी, मर्जर पछि समायोजित नेटवर्थ ७५ प्रतिशत हुनु पर्ने

National Life
  • BFIS News
  • 2025 Mar Fri 15:26
ब्रोकरहरुको मर्जर निर्देशिका जारी, मर्जर पछि समायोजित नेटवर्थ ७५ प्रतिशत हुनु पर्ने
RBB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कार्यालयहरुको मर्जर सम्बन्धी निर्देशिका जारी गरेको छ । बोर्डले धितोपत्र दलाल वा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । 

NIMB

यस निर्देशिका बमोजिम एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न चाहने ब्रोकरले नेपाल धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमतिकोलागि संयुक्त रुपमा निवेदन दिनु पर्नेछ । निवेदन पश्चात बोर्डले आवश्यक छानविन गरी आवश्यक कागजपत्र माग गर्न सक्ने र सैद्धान्तिक सहमति दिने निर्देशिकामा उल्लेख गरिएको छ । बोर्डले आवश्यक छानविल पश्चात प्रकृया पुरा गर्न नसकेका वा सैद्धान्तिक सहमति दिन नसक्ने अवस्थामा बोर्डले ७ दिन भित्रमा कारण सहित जानकारी दिनु पर्नेछ । 

अन्तिम स्वीकृति प्रदान गर्नेः

अन्तिम सम्झौता भएपछि साधारण सभाबाट शेयर स्वाप अनुपात सहित गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय भएको मितिले पन्ध्र कार्य दिनभित्र धितोपत्र व्यवसायीले अन्तिम स्वीकृतिकोलागि बोर्डमा संयुक्त रुपमा अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

निवेदन दिँदा देहायका विवरण तथा कागजात पेश गर्नु पर्नेछः–

(क) धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धमा साधारण सभाले गरेको निर्णय,

(ख) धितोपत्र व्यवसायीको पछिल्लो प्रबन्धपत्र तथा नियमावली,

(ग) सम्पत्ति, दायित्व तथा व्यवसायको मूल्याङ्कन सहितको मूल्याङ्कन प्रतिवेदन,

(घ) शेयर स्वाप अनुपात सम्बन्धी विवरण,

(ङ) गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा धितोपत्र व्यवसायीबीच भएको अन्तिम सम्झौतापत्र,

(च) धितोपत्र व्यवसायीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन,

(छ) गाभ्ने/गाभिने वा प्राप्ति पश्चात्कायम हुने कर्मचारीको विवरण,

(ज) धितोपत्र व्यवसायीको पूर्वाधार सम्बन्धी विवरण,

(झ) गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव साधारण सभाबाट पारित हुँदाका बखत कायम रहेको धितोपत्र व्यवसायीका शेयरधनीको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त शेयर लगत किताब र सञ्चालकको लगत,

(ञ) गाभ्ने/गाभिने वा प्राप्ति पश्चात कायम हुने धितोपत्र दलाल व्यवसायीकोशाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ को व्यवस्था बमोजिम शाखा कार्यालयको मिलान सम्बन्धी योजना,

(ट) कारोबार व्यवस्थापन प्रणाली, राफसाफ तथा फछ्र्याैट र निक्षेप सदस्य कार्य सञ्चालन मिलान सम्बन्धी योजना ।

निवेदन उपर बोर्डले जाँचबुझ गर्दा त्यस्तो धितोपत्र व्यवसायीसँग थप विवरण वा कागजात माग गर्न आवश्यक देखेमा माग गर्न सक्नेछ । प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गर्न उपयुक्त हुने देखेमा निवेदन प्राप्त भएको पन्ध्र कार्यदिनभित्र बोर्डले अन्तिम स्वीकृति प्रदान गर्न सक्नेछ 

एकीकृत कारोबार सम्वन्धी व्यवस्था

अन्तिम स्वीकृति प्राप्त गरेको धितोपत्र व्यवसायीले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् एकीकृत व्यावसायिक कारोबार गर्ने मिति निर्धारण गरी सोको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थालाई दिनु पर्नेछ ।

एकीकृत कारोबार शुरु गर्नुअघि गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको धितोपत्रको पुल एकाउन्टमा रहेका धितोपत्र राफसाफ भइसकेको हुनु पर्नेछ ।

एकीकृत कारोबार शुरु गर्नुअघि धितोपत्र बजारले गाभ्ने/गाभिने वा प्राप्ति भई कायम भएकोधितोपत्र व्यवसायी मार्फत मात्र कारोवार हुने गरी कारोवार व्यवस्थापन प्रणाली (टिएमएस) को व्यवस्था मिलाउनु पर्नेछ ।

एकीकृत कारोबार शुरु गर्नुअघि केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायी मार्फत मात्र हितग्राही खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ ।

केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले एकीकृत कारोबार शुरु गरे पश्चात सो भन्दा अगाडि कायम रहेको हितग्राही खातालाई गाभ्ने/गाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायीको खातामा रहने व्यवस्था मिलाउनु पर्नेछ ।
 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया