Nepal Life

नेपाल रिपब्लिक मिडियाको मुनाफा १३ लाख आम्दानी २६ करोड, जगेडा कोष ५० करोडले ऋणात्मक

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 06:13
नेपाल रिपब्लिक मिडियाको मुनाफा १३ लाख आम्दानी २६ करोड, जगेडा कोष ५० करोडले ऋणात्मक
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सूचिकृत एक मात्रै सञ्चार माध्यम नेपाल रिपब्लिक मिडियाले सार्वजनिक गरेको वित्तीय विवरणमा जम्मा १३ लाख २३ हजार रुपैयाँ मुनाफा आर्जन भएको देखाएको छ । कम्पनी गएका वर्षमा नोक्सानमा थियो । प्राथमिक शेयर निष्काशन गरेको वर्ष भने मुनाफामा देखिएको हो ।

NIMB

त्यस्तै विज्ञापन लगायतको आम्दानीमा पनि उल्लेख्य प्रगति भएको छ । जवकी समग्र विज्ञापन बजार सुस्ताएको समयमा कम्पनीले आफ्नो रिभेन्यु ६ करोडले बढाउदै २६ करोड एक लाख रुपैयाँ आर्जन गरेको छ । प्रशासनिक खर्च ७ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीले अझै पनि कर्मचारीलाई २ करोड १९ लाख रुपैयाँको दायित्व भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ भने ५० करोड ९५ लाख रुपैयाँले ऋणात्मक छ । यति धेरै ऋणात्मक अझ डुबेको कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्न दिएर लाखौ लगानीकर्ताले अवको कयौ वर्ष लाभांश पाउन सक्ने देखिदैन । प्रतिशेयर आम्दानी ०.१४ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया