Nepal Life

राजावादीको आन्दोलनको चर्को विरोध सँगै शेयर बजारमा सुधारको संकेत, सूचक सँगै कारोबार रकम बढ्न थाल्यो

National Life
  • BFIS News
  • 2025 Mar Sun 15:05
राजावादीको आन्दोलनको चर्को विरोध सँगै शेयर बजारमा सुधारको संकेत, सूचक सँगै कारोबार रकम बढ्न थाल्यो
RBB

काठमाडौं । शेयर बजारका लगानीकर्ताले चैत १५ गतेको राजावादीहरुको आन्दोलन हेरेर बसिरहेका थिए । उक्त आन्दोलनले कुन रुप लिन्छ र त्यसको परिणामले तत्काल राजनीतिक परिवर्तनको विषयलाई लगानीकर्ताले विश्लेषण गर्न कुरिरहेका थिए । 

NIMB

राजावादीको आन्दोलन दुर्गा प्रसाइकै कारण नियन्त्रण भन्दा बाहिर गएको छ । भिडले शान्तिपुर्ण जुलुस निर्माण गर्न नसकी अराजक रुपमा आफुलाई प्रस्तुत गर्दा त्यसको परिणाम पक्षमा भन्दा पनि विपक्षमा देखिएको हो । त्यसमा पनि एक जना पत्रकारकै मृत्यु भए पछि सञ्चार माध्यमले पनि राजावादी आन्दोलनको चर्को विरोध गरेका छन् । 

उक्त घटनाको चौतर्फी रुपमा विरोध भइरहेको छ । विरोधको श्रृङ्खला यहि हिसावले अगाडी बढ्यो भने उनिहरुको राजा ल्याउने एजेण्डा पनि कमजोर बन्ने देखिएको छ । त्यसमा पनि सरकारले चैत १५ गतेको घटनामा संलग्न मुख्य मतियारहरुलाई पक्राउ गरिरहेको छ । तर अवस्था भने थप संयमित बन्दै गइरहेको छ । यदि सरकारले संयमित रुपमा जनताको जनमत प्राप्त गर्न नसक्ने हो भने भोलिका दिनमा जे पनि हुन सक्छ । जेहोस् विगतका दिनमा राजाका विषयमा जुन किसिमको आवाजहरु सुनिन्थ्यो त्यस्तो आवाज अहिलेको अवस्थामा सुन पाइदैन । 

यसले गर्दा आज साताको पहिलो दिन नेप्से सूचक पनि सुधार देखिएको छ । आइतबार नेप्से सूचक ३२.२४ अंकले बढेर २६९५.५५ अंक पुगेर बन्द भएको छ । सूचक सँगै कारोबार रकम पनि ७ अर्ब ५६ करोड नाघेको छ । आज २२२ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा २२ वटाको शेयर मूल्य भने घटेको छ । सदा झै आज पनि दुई पुनर्बीमा कम्पनीले बजारको लिड गरेका छन् । जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस साता शेयर बजारमा तेस्रो त्रैमाशिक अवधिको व्याज र किस्ताको दवाव पर्नेछ । यस बाहेक सबै सूचक शेयर बजारको पक्षमा छन् । चैत अन्तिमसातादेखि शेयर बजारमा राम्रै सुधार हुने लगानीकर्ताको विश्लेषण छ । यदि यस अवधिमा राजावादीहरुको आन्दोलनले कुनै पनि किसिमको गति प्रदान गर्न नसकेको खण्डमा शेयर बजारले छिट्टै अर्को नयाँ सूचकको लागि गति तय गर्नेछ । जुन अहिलेसम्मकै सर्वाधिक उचाइमा रहनेछ । यद्यपी यो विषयलाई पनि लगानीकर्ताले नजिकबाट नियालीरहेका छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार