Nepal Life

व्यतित बीमालेखमा एशियन लाइफको विशेष छुट योजना, एक महिनासम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 11:41
व्यतित बीमालेखमा एशियन लाइफको विशेष छुट योजना, एक महिनासम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा विशेष छुटको योजना ल्याएको छ । कम्पनीले २०८० साउन मसान्तसम्म पूर्ण व्यतित भएका जीवन बीमालेखको पुनर्जागरणमा लाग्ने व्याज छुटको सुविधा ल्याएको हो ।

NIMB

भदौ १८ गतेबाट बीमालेख परिपक्व हुन बाँकी अवधि ५ वर्षभन्दा माथि रहेका बीमितले ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै २ वर्षदेखि ५ वर्षभन्दा कम अवधि बाँकी रहेकाले भने २५ प्रतिशत छुट पाउने छन् । यो योजना भदौ १८ गदेखि असोज २३ गतेसम्म मात्रै लागु हुनेछ ।

नेपाल बीमा प्राधिकरणले व्यतित बीमालेख नविकरणका लागि विभिन्न योजना ल्याएर नविकरण गर्न निर्देशन जारी गर्दै आएको छ । जीवन बीमा क्षेत्रका लागि बीमालेख व्यतित हुनु भनेको राम्रो होइन । अर्को तर्फ समयमा बीमा शुल्क भुक्तानी नगर्दा बीमितहरुले लाखौ रुपैयाँ हर्जना तथा व्याज भुक्तानी गर्नु परिरहेको हुन्छ । बीमालेख व्यतित भएमा बीमा मार्फत हुने जोखिम पनि कभर हुँदैन । बीमित र बीमा कम्पनी दुबैका लागि व्यतित बीमालेख राम्रो हुँदैन ।

सामान्यतया नविकरण बीमा शुल्क भुक्तानी गर्नु पर्ने समय थाहा नभएर, नविकरण बीमा शुल्क भुक्तानी गर्ने पैसा नभएर, क्षमता नभएर र लापरबाहीले बीमालेख व्यतित हुने गरेको छ । अझै पनि कतिपय बीमितलाई बीमा शुल्क एक पटक भुक्तानी गरे पछि अर्को वर्षदेखि भुक्तानी गर्नु पर्दैन भन्ने बुझाइ छ । बीमा अभिकर्ताको दवावमा बीमा गरिदिने तर त्यसका बारेमा पुर्ण जानकारी नलिने बीमितहरुका कारणले गर्दा पनि बीमालेख व्यतित हुने गरेको छ । अर्को तर्फ अहिलेको आर्थिक मन्दीमा आम मानिसलाई दैनिकी चलाउन धौ धौ परिरहेको छ । यस्तो सन्दर्भमा बीमा शुल्क भन्दा अन्य कुराहरुले बढि प्राथमिकता पाउने हुँदा बीमालेख व्यतित हुने गरेको छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुले बीमालेख धितोमा राखेर कर्जा प्रवाह गर्दै अहिलेको गर्जो टारिदिने र सहज अवस्थामा कर्जा असुल गर्नु पर्ने हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया