Nepal Life

टाइम फार्मास्युटिकल्सले डाक्यो विशेष साधारण सभा, सर्वसाधारणमा साढे ९ करोडको आइपिओ जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Apr 02 11:35
टाइम फार्मास्युटिकल्सले डाक्यो विशेष साधारण सभा, सर्वसाधारणमा साढे ९ करोडको आइपिओ जारी गर्दै
National Life

काठमाडौं । टाइम फार्मास्युटिकल्स लिमिटेडले आगामी बैशाख ११ गते विशेष साधारण सभा (एसजीएम) आह्वान गरेको छ। सभा दिउँसो १२:३० बजे कम्पनीको दर्ता कार्यालय, गैंडाकोटमा बस्नेछ।  साधारणसभाले आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । 

Shikhar
NIMB

सभाले पूँजी वृद्धिको प्रस्ताव, जारी पूँजीको बाँडफाँट संशोधन, विशेष साधारण सभाका प्रावधान संशोधन, नयाँ सञ्चालक समिति गठन, साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनीले अधिकृत पूँजी ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्दैछ । यसैको २०.६५ प्रतिशतको शेयर आइपिओ मार्फत निष्काशन गर्नेछ । कम्पनीले साढे ९ करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको हो । 

यसैबीच, क्रेडिट रेटिङ संस्था ICRA नेपालले टाइम फार्मास्युटिकल्स प्रालिको दीर्घकालीन दायित्वहरूका लागि [ICRANP] LBBB- (ICRA NP L ट्रिपल बी माइनस) र छोटो अवधिको दायित्वहरूका लागि [ICRANP] A3 (ICRA NP A थ्री) को रेटिङ प्रादान गरेको छ।

सन् १९९४ मा स्थापना भई १९९७ देखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको टाइम फार्मास्युटिकल्स लिमिटेड नेपालका अग्रणी औषधि उत्पादक कम्पनीहरू मध्ये एक हो। कम्पनीले रिभर्स इन्जिनियरिङ प्रविधिमार्फत औषधीय अणुहरूको निर्माण गर्दै चिकित्सकीय औषधिहरू उत्पादन गर्दछ। टाइम फार्मास्युटिकल्सले एन्टिबायोटिक्स, रुघाखोकी औषधि, सप्लिमेन्ट्स, दुखाइ निवारण औषधिहरू, मधुमेह उपचार औषधिहरू लगायत विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया