NIMB Header 2
Nepal Life

तपाइलाई माण्डु हाइड्रोपावरको आइपिओ पर्यो, नेप्सेमा पहिलो कारोबार कतिमा होला ?

National Life
  • BFIS News
  • 2023 Sep 10 13:31
तपाइलाई माण्डु हाइड्रोपावरको आइपिओ पर्यो, नेप्सेमा पहिलो कारोबार कतिमा होला ?
Sanima Reliance

काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

Shikhar
NIMB

कम्पनीको आइपिओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म प्रिमियम मूल्यमा आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको हो।

सोमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

नेप्सेमा पहिलो कारोबार कतिमा होला ?

सर्वसाधारण शेयरधनीहरु सँग १०६ रुपैयाँ प्रिमियम उठाइसकेको माण्डू हाइड्रोपावरको पहिलो कारोबार भने न्युनतम १२४.४२ रुपैयाँदेखि अधिकतम ३७३.२६ रुपैयाँबाट सुरु हुनेछ । नेप्सले पहिलो कारोबारका लागि न्युनतम १२४.४२ रुपैयाँ र अधिकतम ३७३.२६ रुपैयाँको रेञ्ज दिने भएकाले जुन सुकै मूल्यमा कारोबार हुन सक्छ ।

नेप्से र माण्डू हाइड्रोपावर विचमा शेयर सूचिकरण संझौता भए पछि पहिलो कारोबारका लागि प्रि-ओपनिङ सेसन खुला गरिन्छ । यदि प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार म्याचिङ भयो भने मात्रै ट्रेडिङ आवरमा कारोबार हुनेछ अन्यथा हुने छैन ।

नियम अनुसार नेटवर्थलाई पहिलो कारोबारको न्युनतम मूल्य तोकिन्छ भने अधिकतम मूल्य नेटवर्थको तीन गुणा हुन आउन मूल्यलाई निर्धारण गरिन्छ । पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार माण्डू हाइड्रोपावरको नेटवर्थ १२४.४२ रुपैयाँ रहेको छ ।

हाल कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि प्रतिशेयर आम्दानीमा गिरावट आउनेछ । बागमति खोलामा निर्माण भएको २२ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सञ्चिन नाफा नोक्सान २९ करोड ३० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रमुख शेयरधनी चीनको Sichuan Hechuan Investment Co. Ltd रहेको छ । नेपालको तर्फबाट भने अधिकाम्स शेयर पृथ्वी बहादुर पाँडे परिवारको छ । कम्पनीले आफ्नो लगानीमा दुई वटा आयोजना निर्माण गरिरहेको छ । सर्वसाधारण सँग प्रिमियम बापत १७ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन गरेकाले कम्पनीले यसै वर्षदेखि लाभांश वितरण गर्न पाउने छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया