NIMB Header 2
Nepal Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त सीईओलाई एसबानको बधाई

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 04 22:58
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त सीईओलाई एसबानको बधाई
Everest Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई तथा शुभकामना प्रदान गरेको छ। एसबानको एक टोली नेप्सेको कार्यालय पुगेर नवनियुक्त सीईओलाई बधाई दिएर, भविष्यमा सँगै काम गर्ने आशा व्यक्त गरेको हो।

Shikhar
NIMB

भेटका क्रममा, एसबानका अध्यक्ष सागर ढकालले लगानीकर्ताको सुविधाको लागि तत्काल टीएमएस मोबाइल एप कार्यान्वयन गर्नुपर्ने माग गरे। उनले भने, “वर्तमानमा पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगेका छन् र उनीहरूले लामो समयदेखि टीएमएस मोबाइल एपको अभावमा समस्या भोग्दै आएका छन्। यसलाई छिट्टै कार्यान्वयनमा ल्याउनु अत्यन्त आवश्यक छ।”

अध्यक्ष ढकालले टीएमएस मोबाइल एपको कार्यान्वयनले लगानीकर्तालाई सहजिकरण पुर्‍याउने र उनीहरूको हितमा काम गर्ने अवसर प्रदान गर्ने बताए। उनले नवनियुक्त सीईओलाई यसमा प्राथमिकता दिने आग्रह गरे।

नवनियुक्त सीईओ चापागाईँले आफू निजी क्षेत्रबाट आएकाले ब्रोकरहरूको समस्याबारे राम्रोसँग बुझ्ने मौका पाएको उल्लेख गर्दै, सुधारका दिशा अपनाउन प्रतिबद्धता जनाए। उनले भने, “मैले नेप्सेको गतिविधिबारे दैनिक जानकारी लिइरहेको छु, र निकट भविष्यमा सुधारका कामहरू देख्न पाइनेछन्।”

बधाई कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया