Nepal Life

राष्ट्रिय बीमा कम्पनीले सम्झौता भन्दा बढि बीमा शुल्क लिए पछि पेट्रोलियम व्यवसायीले नेको सँग गरे संझौता

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 20:22
राष्ट्रिय बीमा कम्पनीले सम्झौता भन्दा बढि बीमा शुल्क लिए पछि पेट्रोलियम व्यवसायीले नेको सँग गरे संझौता
Sanima Reliance

काठमाडौं । पेट्रोलियम व्यवसायी संघ नेपालले बर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत असुल्दै आएको रकमको अन्त्य गर्दै ब्यवसायीहरुको हकहितका लागि नेको इन्स्योरेन्स मार्फत बीमा गरेको छ । संघको पहलमा साउन ३१ गतेबाट निगमका सवै डिपोहरुबाट मु.अ.कर बीजक बील सहित बीमा पोलिसी जारी गर्ने कार्य शुरु गरेको हो ।

NIMB

बषौदेखि मार्गस्थल बीमाको नाममा नेपाल आयल निगमको संचालक समितिको निर्णयनुसार भनि राष्ट्रिय बीमा कंम्पनी संग सम्झौता गरी सम्झौता गरेको भन्दा बढी रकम असुल्दै आएको र विमा पोलिसि एवं भ्याट मु.अ.कर बिजक विल जारी नहुने गरेकोमा हामीले गएको साउन ३१ गतेबाट बीमा पोलिसी ब्यवसायीहरुकै नामबाट जारीसँगै भ्याट विल जारी गरिने ब्यवस्था गरिएको हो ।

बषौदेखि एशोसिएशनका पदाधिकारी र बीमा कम्पनीको मिलेमतोमा मार्गस्थल विमाको नाममा हुने रकम अपचलनको अन्त्य हुने संघले जनाएको छ ।

ब्यवसायीहरुले बीमा वापत बुझाएको रकमको रसिद राखी खर्च शिर्षकमा उल्लेख गर्न पाउने भएकाले लेखापरिक्षण गर्दा ब्यवसायीहरुले ब्योहोर्दै आएको झमेलाबाट मुक्ति पाउने संघको दाबी छ ।

चिटकटोबाट बीमा रकम दावी गर्दा ब्यवसायीहरुले पिडित हनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । निगमका डिपोहरुवाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक ब्यवसायीको नाममा प्रत्येक पटक चलान अनुसार मुल्य अभिवृद्धि कर (भ्याट) विजक सहितको बीमालेख नेको इन्स्योरेन्सबाट प्रत्येक्ष जारी हुनेछ ।

चिटकटो रसिदबाट गैरकानुनी हिसावले रकम असुली गर्ने बीमा कम्पनीले पोलेसी जारी नगर्ने गरेको हुँदा भैरवा लगायत देशका बिभिन्न स्थानहरुमा दुर्घटना भएको अवश्थामा बीमा दावी नपाउने समस्याको अन्त्य हुने ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया