Nepal Life

सान्भि इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने, प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता

NMB Bank
  • BFIS News
  • 2025 Apr 09 10:37
सान्भि इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने, प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता
National Life

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गते (२०८२)देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो।

आवेदन दिने क्षेत्र

ईलाम जिल्लाको विभिन्न वडा र गाउँपालिका अन्तर्गत रहेका निम्न क्षेत्रका स्थायी बासिन्दाले यस आईपीओमा आवेदन दिन सक्नेछन्:

  • ईलाम नगरपालिका वडा नं. १० (साविक गोदक गाविस १–९)

  • माईजोगमाई गाउँपालिका वडा नं. १ (साविक नयाँ बजार गाविस १–४ र ६–९)

  • माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविक नाम्सालिङ गाविस १–९ र नयाँबजार गाविस वडा नं. ५)

  • सूर्योदय नगरपालिका वडा नं. १० (साविक फिक्कल गाविस ६–९)

  • सूर्योदय नगरपालिका वडा नं. १ (साविक पञ्चकन्या गाविस २, ६, ८)

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि अवसर

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत हिस्सा अर्थात् २ लाख ९१ हजार कित्ता साधारण शेयर (२ करोड ९१ लाख रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिनेछ। आवेदन दिने अन्तिम म्याद वैशाख १९ गतेसम्म हुनेछ।

आवेदन प्रक्रिया

  • न्यूनतम १० कित्ता र अधिकतम २०,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

  • आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन वैशाख १९ गतेमा बन्द हुने भए पनि माग नपुगेमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा वैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ।

परियोजना विवरण

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई CARE-NP BB+ (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रवर्द्धन गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ। यस आयोजना सञ्चालन अनुमति अवधि २३ वर्ष १ महिना बाँकी रहेको छ। लगानी फिर्ता हुने अनुमानित अवधि ५.५३ वर्ष, र छुटमा फिर्ता हुने अवधि ८.२९ वर्ष रहेको छ।

त्यसैगरी, निर्माणाधीन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ९१ लाख रुपैयाँ रहेको छ। यसको पनि विद्युत अनुमति अवधि ३० वर्ष ११ महिना, सामान्य लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष, र छुटमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको कम्पनीले जानकारी दिएको छ।

शेयर आवेदन कहाँबाट गर्ने?

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले आयोजना स्थल तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट भौतिक रूपमा आवेदन दिन सक्नेछन्। दरखास्त फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत सि–आस्बा प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया