NIMB Header 2
Nepal Life

ट्रेड टावरको आईपीओ वैशाख ८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारमा गएका नेपालीलाई ३ लाख ९७ हजार कित्ता

National Life
  • BFIS News
  • 2025 Apr 13 10:48
ट्रेड टावरको आईपीओ वैशाख ८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारमा गएका नेपालीलाई ३ लाख ९७ हजार कित्ता
Sanima Reliance

काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी २०८२ साल वैशाख ८ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गर्न लागेको हो।

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको जारी पूँजीको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। सो अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण सेयर जारी गर्नेछ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्रीमा ल्याइनेछ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरू तथा ‘मेरो सेयर’ अनलाइनमार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यसअघि क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ २०८१ माघ ७ गते दिइएको हो र २०८२ माघ ७ गतेसम्म कायम रहनेछ।

सन् २००६ मा स्थापना भएको ट्रेड टावर लिमिटेड (पूर्व नाम कञ्चनजङ्घा हाउसिङ लिमिटेड) को नेतृत्वमा सञ्चालनमा आएको ट्रेड टावर ग्रुप नेपालमा लिजिङ, फाइनान्सिङ तथा पूर्वाधार विकासका क्षेत्रमा सक्रिय छ। कम्पनीले हालै हस्पिटालिटी क्षेत्रतर्फ समेत आफ्नो लगानी विस्तार गरेको छ। कम्पनीका अनुसार हाल विकास भइरहेको पूर्वाधार तथा परियोजनासँगै हस्पिटालिटी क्षेत्रलाई समेत अगाडि बढाउने योजना बनाइएको छ।

ट्रेड टावर ग्रुपका विविध व्यवसाय, परियोजना र पोर्टफोलियोहरूमार्फत कम्पनीले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया