यि हुन् आज लगानीकर्ताले सर्वाधिक रुचाएका १० कम्पनी, गभर्नर नियुक्तिको विषयले शेयर बजार प्रभावित
- BFIS News
- 2025 Apr Wed 15:42

काठमाडौं । बुधबार नेप्से सूचक ९.७५ अंकले सुधार भएर २६९८.९७ अंकमा बन्द भएको छ । सूचकमा समान्य सुधार भए पनि आज ७ अर्ब २६ करोडको कारोबार भयो । १४७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ९७ वटाको शेयर मूल्य भने घटेको छ ।
आज शेयर बजारमा ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी पावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माक्रोलाइफ र राधी विद्युत कम्पनी रहेका छन् ।
सर्वाधिक धेरै मूल्य बढेका १० कम्पनी
सर्वाधिक कारोबार भएका १० कम्पनी
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । राधि विद्युतको ५० करोड ७२ लाखको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा अधिकाम्स जलविद्युत कम्पनी छन् । केहि समय अगाडी सर्वाधिक कारोबार हुँदै आएका दुई पुनर्बीमा कम्पनीहरुको कारोबारमा भने सुस्तता आएको छ ।
हेर्नुहोस् सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी
सर्वाधिक कित्ता कारोबार भएका कम्पनी
लगानीकर्ताको टेस्ट फेरिरहेको छ । केहि समय दुई पुनर्बीमा कम्पनीमा अल्झिएका लगानीकर्ताहरु आजदेखि जलविद्युत कम्पनीमा आक्रामक देखिएका छन् । नेप्से सूचक ३ हजार पुग्दा जलविद्युत कम्पनीमा जुन किसिमको ग्रोथ देखिएको थियो त्यहि रेञ्जमा पुर्याउनका लागि पनि लगानीकर्ताले आक्रामक रुपमा कारोबार सुरु गरेका हुन् । पछिल्ला केहि देखिदेखि राजनीतिक घटनाक्रमले शेयर बजारलाई प्रभावित पारिरहेको छ । सत्ता साझेदारीको अन्तिम सौदावाजीमा गएर अड्किएको गभर्नरको नियुक्ति पेचिलो बन्दै गइरहेको छ । गभर्नर नियुक्तिमा सत्तासाझेदार विच ठुलै शित युद्ध भइरहेको छ । गभर्नरको नियुक्ति सँगै ति सबै आशंका अन्त्य भएर जाने र बजारले गति लिने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया