Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

RBB
  • BFIS News
  • 2025 Apr Thu 13:40
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Shikhar detail

काठमाडौं, बैशाख ४ गते । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात बैशाख ५ गते बुकक्लोज गर्दैछ।

NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया