NIMB Header 2
Nepal Life

नेप्से सूचक २८.९७ अंकले बढ्दा १० अर्ब ९७ करोडको कारोबार, लगानीकर्ताको कन्फिडेन्स बढ्न थाल्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 17 15:16
नेप्से सूचक २८.९७ अंकले बढ्दा १० अर्ब ९७ करोडको कारोबार, लगानीकर्ताको कन्फिडेन्स बढ्न थाल्यो
National Life

काठमाडौं । साताको अन्तिम दिन आज विहीबार नेप्से शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से परिसूचक २८.९७ अंकले बढेर २,७२५.२० अंकमा बन्द भएको छ । यससाथै, अन्य सूचकहरू पनि सकारात्मक रहेका छन् । सेन्सेटिभ इन्डेक्स ४५८.४७ बिन्दुमा पुग्दै ६.६५ अंकले (१.४७%) ले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ११७.२८ बिन्दुमा पुग्दै ३.४५ अंकले (३.०३%) र फ्लोट इन्डेक्स १८३.८० बिन्दुमा पुग्दै १.९३ अंकले (१.०६%) ले वृद्धि भएका छन्।

NIMB

बजारमा आज कुल १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२.३२ बराबरको कारोबार भयो भने कुल २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भएका छन्। 

आज सबैभन्दा बढी मूल्य वृद्धि गर्ने कम्पनीहरूमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको मूल्य ५८८.७० मा पुग्दै ५३.५० अंकले (१०.००%) ले बढेको छ। क्रेष्ट माइक्रो लाइफको मूल्य ४८६.८० पुग्दै ४४.२० अंकले (९.९९%), सम्पदा लघुवित्तको मूल्य १,०४९.०० पुग्दै ६९.२३ अंकले (७.०७%), एचआइडिसिएलको मूल्य ३१३.०० पुग्दै १९.९० अंकले (६.७९%) र SMHL को मूल्य १,०७१.०० पुग्दै ६७.०३ अंकले (६.६८%) ले वृद्धि भएको छ।

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा अगाडि हिमालयन पावर पार्टर रह्यो, जसको कारोबार रकम रू. १ अर्ब ५८ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ र अन्तिम मूल्य ६६०.०० रहेको छ। दोस्रो स्थानमा एनआरएन रहँदा यसको कारोबार रू. ६२ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी र अन्तिम मूल्य रू. १,८९५.०० रहेको छ। त्यसपछि HIDCL, NGPL, RADHI, NIFRA, HRL, CHDC, BHL र HIDCLP क्रमशः कारोबारमा अगाडि रहेका कम्पनीहरू हुन्।

समग्रमा हेर्दा आजको दिन शेयर बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको देखिन्छ। उच्च कारोबार, परिसूचकको उल्लेखनीय वृद्धि र धेरै कम्पनीहरूको मूल्य वृद्धिले बजारलाई सकारात्मक बनाएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया