Nepal Life

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

NMB Bank
  • BFIS News
  • 2023 Sep 12 11:26
सुनको भाउ स्थिर, चाँदीको बढ्यो
United Ajod

काठमाडौं। मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने ५ रुपैयाँले बढोत्तरी छ। सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आइतबार १ लाख ११ हजार ९०० रुपैयाँमा झरेको थियो। सोमबार सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्यमा फराकिलो अन्तरको घटबढ छैन। सोमबार १४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सामान्य बढोत्तरी पछि मंगलबार १४०५ रुपैयाँ पुगेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९२१.७५ डलरले कारोबार भइरहेको छ। यो अघिल्लो दिनका तुलनामा घटेर कारोबार भएको अवस्था हो। सोमबार सुन प्रतिऔंस १९२७.६१ डलरले कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतिऔंस २३.१२ डलरले कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया