Nepal Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ प्रस्तावसहित जेठ १ गते वार्षिक साधारण सभा बोलायो

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 11:37
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ प्रस्तावसहित जेठ १ गते वार्षिक साधारण सभा बोलायो
National Life

काठमाडौं, बैशाख १० गते । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आगामी जेठ १ गते वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। यो सभा महाराजा रिसोर्ट प्रा.लि, रुपन्देहीमा बिहान ९:१५ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ।

Shikhar
NIMB

उक्त सभामा कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्ने महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको छ। यो प्रस्ताव पारित भएमा ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाली पूँजी बजारमा आफ्नो सेयर निष्कासन गरेर सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउनेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरूमाथि छलफल तथा अनुमोदन गर्नेछ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । आइपीओ प्रस्तावबारे निर्णय, जसअन्तर्गत कम्पनीले सेयर निष्कासनका प्रक्रिया अगाडि बढाउनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्नेछ। बुक क्लोज मितिभन्दा अगाडि सेयर खरिद गरेका सेयरधनीहरू मात्र सभामा भाग लिन तथा मतदान गर्न योग्य हुनेछन्।

आइपीओ प्रस्तावसँगै कम्पनीको यो साधारण सभा निकै महत्वपूर्ण र निर्णायक हुने देखिन्छ। यदि प्रस्ताव पारित भयो भने ट्रष्ट माइक्रो इन्स्योरेन्सले पूँजी विस्तार गर्दै अझ व्यापक सेवा विस्तार गर्न सक्नेछ। साथै, यसले लगानीकर्ताका लागि नयाँ लगानी अवसर पनि ल्याउनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार