NIMB Header 2
Nepal Life

मिथिला लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

National Life
  • BFIS News
  • 2025 Apr 25 17:50
मिथिला लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं, बैशाख १२ । मिथिला लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

Shikhar
NIMB

संस्थाले गएको पुस २८ गते सम्पन्न गरेको १६ औं वार्षिक साधारणसभाबाट १४.२८६ प्रतिशत बोनस शेयर (रु. २.८० करोड बराबर) र ०.७१४ प्रतिशत नगद लाभांश (करसहित) (रु. १४ लाख बराबर) पारित गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएका हो। कम्पनीको चुक्ता पूँजी रु. १९.६० करोड रहेको छ। दोस्रो बजारमा संस्थाको शेयर मूल्य १,४६९.६० रहेको छ।

यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको पनि १ लाख ८३ हजार १६८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

संस्थाले गएको पुस २९ गते सम्पन्न गरेको ३०औं वार्षिक साधारणसभाबाट १.८६५९% बोनस शेयर (रु. १.८३ करोड बराबर) र ०.०९८२% नगद लाभांश (करसहित) (रु. ९,६४,०४२.११ बराबर) पारित गरेको थियो। संस्थाको चुक्ता पूँजी रु. ९८.१६ करोड रहेको छ। हाल दोस्रो बजारमा संस्थाको शेयर मूल्य  रु. ५०७.१६ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया