NIMB Header 2
Nepal Life

शेयर बजारमा लगातार तीन दिनदेखि गिरावट, कारोबार रकम ९ अर्ब ३७ करोड नाघ्यो

National Life
  • BFIS News
  • 2025 Apr 30 17:50
शेयर बजारमा लगातार तीन दिनदेखि गिरावट, कारोबार रकम ९ अर्ब ३७ करोड नाघ्यो
Sanima Reliance

काठमाडौँ, वैशाख १७ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।

Shikhar
NIMB

आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता सेयर ७९ हजार सात सय ७७ पटक खरिदबिक्री हुँदा नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ बराबरको कारोबार भएको हो । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ६१, लघुवित्त शून्य दशमलव शून्य चार, म्युचुअल फन्ड शून्य दशमलव २३ र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७०, विकास बैँक एक दशमलव शून्य छ, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ५० र लगानी शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, निर्जीवन बिमा शून्य दशमलव १८ र अन्य समूह एक दशमलव १६ प्रतिशतले घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५८ करोड चार लाख २४ हजार चार सय २१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको १४ लाख ४२ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया