NIMB Header 2
Nepal Life

११ कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्दै, ८ करोड ८८ लाख कित्ता मार्फत १६ अर्ब प्रिमियम उठाउने

Muktinath Bank
  • BFIS News
  • 2025 May 01 08:48
११ कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्दै, ८ करोड ८८ लाख कित्ता मार्फत १६ अर्ब प्रिमियम उठाउने
National Life

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ११ वटा कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्नका लागि अनुमति माग गरेका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार उक्त कम्पनीहरुले ८ करोड ८८ लाख कित्ता शेयर मार्फत २४ अर्ब ८० करोड रुपैयाँको आइपिओ जारी गर्दै छन् । कम्पनीहरुले १५ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने भएका छन्।

NIMB

यीमध्ये छायादेवी कम्प्लेक्स लिमिटेड, एचएएमएस अस्पताल, कैलाश हेलिकप्टर, सेन्चुरी इनर्जी, र नुम्बुर हिमालय हाइड्रोपावरले तुलनात्मक रूपमा थोरै सेयर संख्यामा आईपीओ निष्काशन गर्दै छन्, तर तिनीहरूले पनि उच्च प्रिमियममा सेयर मूल्य निर्धारण गरेका छन् । छायादेवी कम्प्लेक्सले प्रति सेयर ४०० प्रिमियममा १४ लाखभन्दा बढी सेयर जारी गर्दै ५७.५ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यस्तै, एचएएमएस अस्पतालले २८८ रुपैयाँको प्रिमियममा ११.२५ लाख सेयर निष्काशन गर्दै ३२.४ करोड रुपैयाँ संकलन गर्दै छन् ।

दोस्रो पक्षमा, ऋद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल्स, शिवम् होल्डिङ्स, जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट, र मारुति सिमेन्ट जस्ता कम्पनीहरूले ठुलो परिमाणमा सेयर निष्काशन गर्ने तयारी गरेका छन् र उनीहरूले करोडौँ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन्। तीमध्ये जगदम्बा स्टिल्सले सबैभन्दा धेरै, २ करोडभन्दा बढी सेयर निष्काशन गर्दै करिब ६०२ करोड रुपैयाँ संकलन गर्ने प्रस्ताव राखेको छ । यस्तै, शौर्य सिमेन्ट, मारुति सिमेन्ट र अम्बे स्टिल्सले पनि क्रमशः ४२२, ४३७ र ३३९ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न लागेका छन् ।

कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ?

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ ।

'प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,' धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, 'संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्ग‌को ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।'

कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ?

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ ।

यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया