NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न, रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति

National Life
  • BFIS News
  • 2025 May 02 21:18
नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न, रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति
Sanima Reliance

काठमाडौं, वैशाख १९ गते । नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। वैशाख १७ र १८ गते सम्पन्न उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ।

Shikhar
NIMB

नव-निर्वाचित केन्द्रीय समितिमा उपाध्यक्षद्वय डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह-कोषाध्यक्ष रेवती राई रहेका छन्। सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन विक, सुमन राई, सुरज जप्रेल र अमिष शर्मा चयन भएका छन्।

महाधिवेशनको उद्घाटन कार्यक्रम नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भएको थियो, जसमा प्रमुख अतिथिका रूपमा कार्यबाहक गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको उपस्थिति रहेको थियो। महाधिवेशनको बन्द सत्र भने वैशाख १८ गते बैंकको थापाथली कार्यालयमा आयोजना गरिएको थियो।

"वैचारिक स्पष्टता र सांगठनिक सुदृढता सहितको गतिशील ट्रेड युनियन, हाम्रो पहिचान । सबल, सक्षम र स्वायत्त केन्द्रीय बैंक निर्माण, हाम्रो अभियान ।" भन्ने मूल नाराका साथ सम्पन्न उक्त अधिवेशनमा बिराटनगरदेखि धनगढीसम्मका प्रतिनिधि र पर्यवेक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। महाधिवेशनले संघको भावी दिशा निर्धारण गर्दै सशक्त, पेशागत र उत्तरदायी संगठन निर्माणतर्फ प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया