Nepal Life

नेपाल एसबिआई बैंकद्धारा मुसहर समुदाय हरिपुर सर्लाहीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

RBB
  • BFIS News
  • 2025 May Sat 15:58
नेपाल एसबिआई बैंकद्धारा मुसहर समुदाय हरिपुर सर्लाहीमा सामाजिक उत्तरदायित्व कार्यक्रम
Shikhar detail

काठमाडौं, बैशाख १९ । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।

NIMB

बैंकका मधेश प्रदेश प्रमुख, उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया