NIMB Header 2
Nepal Life

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न 

National Life
  • BFIS News
  • 2025 May 04 12:15
एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न 
Sanima Reliance

काठमाडौं। एनएमबि बैंकले मिति २०८२ बैशाख २० गते शनिवारको दिन एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । 

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर श्री सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ५००,००० को सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको छ । 

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथिभरा मन्दिर झापा सम्म, मधेष प्रदेशमा बिरगंज शाखा देखि सन्कराचार्य गेट सम्म, चितवनमा लायन्स चोक देखि हरिहर मन्दिर सम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखा देखि राम मन्दिर बिरौटा सम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखा देखि मोक्ष धाम सेवा आश्रम सम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखा देखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्ट देखि गोदावरी शिव मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । 

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया