Nepal Life

रिलायबल नेपाल लाइफको आइपिओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 14:56
रिलायबल नेपाल लाइफको आइपिओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार?
Sanima Reliance

काठमाडौं । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर दोस्रो बजारमा कारोबारका लागि सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज र रिलायबल नेपाल लाइफ विच आज बुधबार प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको ४ करोड कित्ता साधारण शेयर सूचिकण गर्ने सम्झौता सम्पन्न भएको हो ।

NIMB

कम्पनीले सर्वसाधारण समक्ष सिभिल क्यापिटल मार्केटले साधारण शेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेतमा वितरण गरिएको एक करोड २० लाख कित्ता पनि सूचिकरण भएको हो । यसका साथै संस्थापक शेयरधनीहरुको समेत २ करोड ८० लाख कित्ता समेत गरी ४ करोड कित्ता शेयर सूचिकरण भएको हो ।

नेप्सेले साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरेको हो । आज नेप्सेमा सूचिकरण भए सँगै अव आइतबारदेखि मात्रै शेयर कारोबार हुनेछ । भोलि सरकाले पुर्व सभामुख सुवास चन्द्र नेम्वाङको सोक मनाउन सार्वजनिक विदा दिएकाले कम्पनीको पहिलो कारोबार आइतबार मात्रै हुने भएको हो ।

आइतबार प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार म्याचिङ भए पछि मात्रै सर्वसाधारणले शेयर खरिद बिक्री गर्न पाउने छन् । पहिलो कारोबारका लागि नेप्सेले न्युनतम १६२.२९ रुपैयाँदेखि अधिकतम ४८६.८७ रुपैयाँको रेञ्ज प्रदान गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १५७ रुपैयाँ प्रिमियम सहित प्रतिशेयर २५७ रुपैयाँको दरले बिक्री गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया