NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकद्धारा स्र्टाट अप र नयाँ उद्यमीहरु केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना

National Life
  • BFIS News
  • 2025 May 06 20:48
मुक्तिनाथ विकास बैंकद्धारा स्र्टाट अप र नयाँ उद्यमीहरु केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्ट अप र नयाँ उद्यमीहरु केद्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय बस्तुहरुमा साक्षर गराउनु थियो । 

Shikhar
NIMB

यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया