NIMB Header 2
Nepal Life

सिटिजन बैंकले हरेक वर्ष 'म्यान सिटिजन एसपाइरिङ म्यानेजर अवार्ड' प्रदान गर्ने, उदयमान व्यवस्थापकलाई सम्मान

National Life
  • BFIS News
  • 2025 May 08 14:41
सिटिजन बैंकले हरेक वर्ष 'म्यान सिटिजन एसपाइरिङ म्यानेजर अवार्ड' प्रदान गर्ने, उदयमान व्यवस्थापकलाई सम्मान
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (MAN)को साझेदारीमा उदयमान व्यवस्थापकहरुलाई सम्मान गर्ने भएको छ। यसका लागि नेपाल व्यवस्थापन संघ र सिटिजन बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

Shikhar
NIMB

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र संघका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका छन्।सम्झौता अन्तर्गत दुवै संस्थाको सहकार्यमा ‘MAN–Citizens Aspiring Managers Award’ स्थापना गरिने भएको छ। हरेक वर्ष फागुनमा आयोजना हुने व्यवस्थापन संघको राष्ट्रिय सम्मेलनमा यो प्रतिष्ठित पुरस्कार प्रदान गरिनेछ। व्यवस्थापन क्षेत्रका उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्न यो अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै सिटिजन्स बैंकले भनेको छ, “व्यवस्थापन नेतृत्वको विकास र व्यवसायिक उत्कृष्टता प्रवर्द्धन गर्न हामी प्रतिबद्ध छौं। यस अर्थपूर्ण सहकार्यका लागि म्यानेजमेन्ट एशोसिएसन अफ नेपालप्रति हामी हार्दिक धन्यवाद प्रकट गर्छौं।” सिटिजन्स बैंक र व्यवस्थापन संघको यो सहकार्यले नेपालको व्यवस्थापन क्षेत्रमा नयाँ पुस्ताका नेतृत्वलाई उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया