NIMB Header 2
Nepal Life

सातामा नेप्से १.४४ प्रतिशतले वृद्धि, वित्त र बीमा उपसमूहको परिसूचकमा उल्लेख्य उछाल

Muktinath Bank
  • BFIS News
  • 2025 May 10 09:11
सातामा नेप्से १.४४ प्रतिशतले वृद्धि, वित्त र बीमा उपसमूहको परिसूचकमा उल्लेख्य उछाल
National Life

काठमाडौं। साताको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४४ प्रतिशतले वृद्धि हुँदै २६६१.६४ विन्दुमा बन्द भएको छ।

NIMB

 

गत साता २६२३.८३ विन्दुमा रहेको नेप्से यो साता ३७.८१ अंकले बढेको हो।

पाँच कारोबार दिन खुला रहेको बजारमा दुई दिन नेप्से बढेको थियो भने बाँकी तीन दिन घटेको थियो। सातासँगै बजार परिसूचकसँग सम्बन्धित अन्य सूचकहरू पनि उकालो लागेका छन्। सेन्सेटिभ इन्डेक्स ६.८९ अंकले बढ्दा, फ्लोट इन्डेक्स ३.२५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६६ अंकले बढेका छन्।

कारोबार रकम र संख्यामा पनि वृद्धि

यस साता दैनिक औसत कारोबार रकम ९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो साताको ९ अर्ब १८ करोडको तुलनामा ४.०८ प्रतिशतले बढी हो। यद्यपि दैनिक औसत शेयर संख्या ०.१२ प्रतिशतले घटेको छ भने औसत कारोबार संख्यामा १०.३३ प्रतिशतको वृद्धि देखिएको छ।

बजार पूँजीकरणमा उल्लेख्य वृद्धिः

नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशतले बढेको छ। गत साता ४३ खर्ब ६२ अर्ब रुपैयाँमा रहेको पूँजीकरण यो साता ६४ अर्बले बढ्दै ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

उपसमूहगत परिसूचक परिवर्तन

साता अवधिमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै वृद्धि वित्त उपसमूहमा देखिएको छ, जसको परिसूचक ६.१३ प्रतिशतले बढेर २५४४.७७ विन्दुमा पुगेको छ।

त्यस्तै जलविद्युत् र निर्जीवन बीमा उपसमूहमा पनि तीन प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। अंकको आधारमा निर्जीवन बीमा उपसमूहको परिसूचक ४१३.५१ अंकले बढ्दै १२,६४५.१३ विन्दुमा पुगेको छ।

गिरावट आएका उपसमूहहरू

सबैभन्दा बढी प्रतिशतको गिरावट कारोबार उपसमूहमा देखिएको छ, जसको परिसूचक १.२६ प्रतिशतले घट्दै २,२८२.९९ विन्दुमा झरेको छ। अंकको आधारमा भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४७.५५ अंकले घटेको छ।

बोनस शेयर सूचीकृत

यस साता नेप्सेमा ११ लाख ८४ हजार ६८६.६० कित्ता शेयर सूचीकृत भएका छन्। आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सका बोनस शेयर सूचीकृत भएका हुन्।

उल्लेख्य मूल्य वृद्धि र गिरावट भएका स्टकहरू

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस साता ६१.०४ प्रतिशतले बढेर २,२३४.२० रुपैयाँमा पुगेको छ। त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ६१.०३ प्रतिशतले वृद्धि भएको छ।

विपरीत, रिभर फल्स पावर कम्पनीको शेयरमूल्य यस साता सबैभन्दा धेरै, १८.०९ प्रतिशतले घटेको छ।

लोकप्रिय बाइ र सेल स्टक

फ्लोरसिट विश्लेषणअनुसार, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ९% आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ स्टकहरू मोस्ट पपुलर बाइ स्टकमा परेका छन्। त्यसैगरी, विन नेपाल लघुवित्त, शिखर इन्स्योरेन्स र ओरियन्टल होटल्सका स्टकहरू मोस्ट पपुलर सेल स्टकमा सूचीकृत भएका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया