NIMB Header 2
Nepal Life

विकास हाइड्रोपावरको आइपीओ जेठ ६ गतेदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित

Muktinath Bank
  • BFIS News
  • 2025 May 10 20:40
विकास हाइड्रोपावरको आइपीओ जेठ ६ गतेदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित
National Life

काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आगामी जेठ ६ गतेदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ।

NIMB

कम्पनीले ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँको जारी पुँजीमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसमध्ये:

  • ३ लाख ६३ हजार ६४० कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का अति प्रभावित स्थानीयवासीलाई छुट्याइएको छ।

  • ५ लाख ४५ हजार ४६१ कित्ता सेयर भने धार्चे गाउँपालिकाको वडा नं. १, २, ३, ६ र ७ का प्रभावित स्थानीयवासीका लागि निष्काशन गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्काशनको १० प्रतिशत अर्थात् ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयरको लागि आवेदन दिन सक्नेछन्।

आवेदन समय

  • स्थानीयवासीले जेठ ६ देखि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूरा आवेदन नपरेमा असार ४ गतेसम्म म्याद लम्ब्याइनेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ २० गतेभित्रै आवेदन दिनुपर्नेछ।

बिक्री व्यवस्थापक
यस आइपीओको बिक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन प्रभु क्यापिटल (कमलादी), हिमालयन बैंक (धार्चे शाखा), प्रभु बैंक (आरुपात शाखा) तथा आयोजना कार्यालयबाट दिन सकिनेछ। साथै, प्रभु क्यापिटलको अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

आवेदन प्रक्रिया

  • आयोजनाबाट प्रभावित स्थानीयवासीले आवेदन फाराम लिँदा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्थामेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ
इक्रा नेपालले विकास हाइड्रोपावरलाई ‘इक्रा एनपी इस्यूअर बीबीबी माइनस (ICRA NP Issuer BBB-)’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया