NIMB Header 2
Nepal Life

सेयर बजार सुस्त, सूचक पुनः ओरालो: केन्द्रीय नीतिको पर्खाइमा लगानीकर्ता

Muktinath Bank
  • BFIS News
  • 2025 May 13 15:18
सेयर बजार सुस्त, सूचक पुनः ओरालो: केन्द्रीय नीतिको पर्खाइमा लगानीकर्ता
Everest Bank

काठमाडौं, ३० वैशाख। नेपालको सेयर बजार सुस्तताबाट उकासिन नसकेको अवस्था मंगलबार पनि यथावत् देखिएको छ।

Shikhar
NIMB

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक यस दिन १४.२४ विन्दुले घटेर २६३४.८६ अंकमा कायम रह्यो। बजारमा ९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

हाल बजार लामो समयदेखि २५०० देखि २८०० अंकको दायरा (साइडवेज जोन) मा सीमित रहँदै आएको छ। पछिल्ला केही दिनदेखि बजार खुलेको प्रारम्भिक घडीमा सूचकमा सुधार देखिए पनि बजार बन्द हुने समयतिर भने पुनः गिरावट आउने प्रवृत्ति देखिएको छ।

समूहगत कारोबारमा केही सक्रियता

मंगलबार ३१४ वटा कम्पनीको २ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भयो। युनिभर्सल पावर कम्पनी ६७ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। यसपछि क्रमशः ङादी ग्रुप पावर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी दोस्रो र तेस्रो स्थानमा परे।

२ वटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरे पनि समग्र बजार भने अझै दबाबमै छ। लो र मिड क्याप कम्पनीहरुका केही समूहमा सापेक्षिक सक्रियता देखिए पनि लार्ज क्याप कम्पनीहरुले गति लिन सकेका छैनन्।

बजार स्थिरतामा कारणहरू

बजारले हाल मागभन्दा बढी आपूर्तिलाई थेग्न सक्ने कारोबार रकम देखाउन सकेको छैन। करिब १० महिनादेखि बजार साइडवेज अवस्थामै छ। यसबीच बैंक ब्याजदर घट्दो क्रममा रहे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन।

नयाँ लगानीकर्ताको प्रवेश र संस्थागत लगानीकर्ताको क्रय क्षमतामा वृद्धि आवश्यक देखिन्छ। यसका लागि सरकार र नियामक निकायले लचिलो नीति ल्याउनुपर्ने विश्लेषकको सुझाव छ।

नीति र नेतृत्वको अन्योल

गभर्नर नियुक्तिको विषय अझै अनिश्चित अवस्थामा रहेको छ। आर्थिक नीति निर्माणमा प्रमुख भूमिका निर्वाह गर्ने गभर्नर नियुक्ति चाँडो नभएसम्म बजारमा सुधारको वातावरण बन्न गाह्रो हुने विश्लेषकको भनाइ छ।

अर्कोतर्फ, आगामी बजेटले पुँजी बजार सुधारमा कति प्राथमिकता दिने हो भन्ने प्रतीक्षा पनि बजारमा देखिएको छ। लगानीकर्ताले सहज र उदार आर्थिक नीति तथा पुँजी बजारमैत्री गभर्नरको अपेक्षा गरेका छन्।

बजार बुल रनको सम्भावना?

सन् २०२३ मा करिब ३ हजार अंकसम्म पुगेको नेप्से त्यसपछि घटेर २४ सयसम्म झरेको थियो। त्यसपछि केही सुधार देखिए पनि अझै अघिल्लो उच्चतम विन्दु नाघ्न सकेको छैन। यद्यपि, बजारले २५ सयको तहबाट तल जान नचाहेको देखिएकाले अब बुल रनको सम्भावनालाई नकार्न सकिँदैन भन्ने अनुभवी लगानीकर्ताको भनाइ छ।

तर, सेयर बजारको भविष्य ठोकुवा गर्न नसकिने भएकाले नीति, आर्थिक अवस्था, सूचीकृत कम्पनीहरुको मुनाफा र लाभांश क्षमताजस्ता कारकको प्रभावमा बजारको दिशा तय हुने प्रष्ट देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया