NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

National Life
  • BFIS News
  • 2025 May 16 17:15
महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ
Sanima Reliance

काठमाडौं। ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामाआधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । 

Shikhar
NIMB

“Buy What You Love, Pay How You Like” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।

नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले EMI Processing शुल्क लिनेछैन । 

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया